Saturday, April 20, 2024
Homebreaking-newsनारायणपुर उवासंघले कोरोना अस्पताललाई २५ अक्सिजन सिलिन्डर रिफिल गरिदियो

नारायणपुर उवासंघले कोरोना अस्पताललाई २५ अक्सिजन सिलिन्डर रिफिल गरिदियो

- Advertisement -spot_img

जेठ ११ दाङ ।
नारायणपुर उद्योग वाणिज्य संघले दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताललाई २५ अक्सिजन सिलिन्डर हस्तातरण गरेको छ ।
कोरोना महामारी बढ्दै गएको अवस्था र जिल्लामा अक्सिजन अभाव चरम रहिरहेको अबस्थामा अक्सिजन संघले २५ वटा अक्सिजिन सिलिन्डर उपलब्ध गराएको हो ।
संघले अस्पतालका व्यवस्थापक दोर्ण वलीलाई सिलिन्डर हस्तान्तरण गरेको छ । ‘बिरामीको चाप बढ्दो छ, अस्पतालमा अक्सिजनको अभाव रहेको छ । एकातिर बिरामी रोगसँग लड्न परिरहेको छ भने अर्कोतिर अक्सिजनको अभावमा छटपटाइरहन परेको अवस्था छ । यस्तो परिस्थितिमा केही सहजता होस् भन्नका लागि अस्पताललाई अक्सिजन सिलिन्डर उपलब्ध गराएका हौँ ।’ संघका अध्यक्ष अभियान बस्नेतले भने, ‘हामीले नेपालगञ्जबाट सिलिन्डर रिफिल गराएर अस्पताललाई उपलब्ध गराएका छौँ, ।
पछिल्लो समयमा संघले कोभिड महामारी व्यवस्थापन कोष सञ्चालन गर्दै आएको छ । नारायणपुर क्षेत्रमा अटो एम्बुलेन्स समेत सनचालन गरेको संघले नारायणपुर क्षेत्रका विभिन्न पाँच स्थानमा हातधुने साबुन पानीको व्यवस्था गर्दै आएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here