- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsमनोपरामर्श कोरोना संक्रमित र परिवारका लागि ओखती

मनोपरामर्श कोरोना संक्रमित र परिवारका लागि ओखती

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ,१० जेठ
कोरोना कहर अहिले उच्च विन्दुमा छ । यो अवस्थामा सबैलाई सबैको सहयोगको खाँचो छ । सहज अबस्थाका व्यक्तीहरुले कस्ने कसरी सहयोग गर्ने भनने मात्रै हो । अहिले तुलसीपुर उपमहानगरपालिकामा सञ्चालन भएको कोरोना संक्रमित ब्यक्ति र परिवारलाई मनोपरामर्श अभियानले ओषधिको रुपमा काम गरिहरेको छ ।
मनोपरामर्शमा लागेका र प्रत्यक्षरुपमा विरामी र परिवार भेटने गरेका स्वास्थ्यकर्मीहरुले दावी गरेका छन । अहिले सम्म तुलसीपुर उपमहानगरपालिका भित्र झण्र्ड ५ सय जनाव्यक्ति र परिवारलाई मनोपरामर्श दिइ सकिएको छ ।

यसै बीच स्वास्थ्यकर्मीर मनोपरामर्श समूह बीच सोमबार तुलसीपुरमा भएको भर्चुअल बैठकमा स्वास्थ्यकर्मीहरुले भने अक्सीजनको मात्रा कम भएका कोरोना पीडित ब्यक्तिलाई अक्सीजनको जति महत्व हुन्छ । त्यत्तिकै मात्रामा कोरोना पीडित ब्यक्ति र परिवारलाई मनोबिमर्शको आबश्यकता हुन्छ । कोरोना संक्रमण भएको जानकारी सम्बन्धित ब्यक्ति र परिवारले पाएको बखतदेखि झण्डै एक सातासम्म मनोपरामर्शले ओखतीको रुपमा काम गरेके स्वास्थ्यकर्मी यज्ञ बहादुर केसीले बताए । तुलसीपुर उपमहानगरपालिका क्षेत्रका ४ सय ३ जनालाई आफुले फोन र भेटघाट मार्फत गरिएको मनोपरामर्शको अनुभवले यो देखाएको बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ का बसन्त वली, वडा नम्वर ७ का डम्वरबहादुर बिष्ट, वडा नम्वर १५ का प्रेम वली, वडा नम्वर १४ का यज्ञ केसी, वडा नम्वर १५ का पूर्णबहादुर घर्ती, वडा नम्वर १८ डिल्लीराज शर्मा, वडा नम्वर १९ शिव तिवारी,वडा नम्वर ४ दिपा वली,वडा नम्वर १६ का प्रतिमा बस्नेत लगायतले मनोपरामर्श र सचेतनाको आबश्यक्ता रहेको बताउनुभयो । मनोपरामर्श समूहका संयोजक, पत्रकार सुशील बस्नेतले मनोपरामर्श समूहले बैशाख २९ गतेदेखि शुरु गरेको कार्य र कार्यबिधिका बारेमा जानकारी गराएका थिए । उक्त अवसरमा तालिम प्राप्त मनोबिमर्शकर्ता नरबहादुर चौधरी र समूहका सदस्य टोपबहादुर महतराले आ आफुनो अनुभव सुनाएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here