- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsरोल्पामा अत्याधुनिक हतियारको गोली र म्याग्जिन फेलापरे

रोल्पामा अत्याधुनिक हतियारको गोली र म्याग्जिन फेलापरे

- Advertisement -spot_img

जेठ ८, रोल्पा
रोल्पामा शनिबार ठूलो परिमाणमा अत्याधुनिक हतियारको गोली र म्याग्जिन फेला परेको छ ।
दक्षिणी रोल्पाको त्रिवेणी गाउँपालिका-२ रामपुरमा रहेको सामुदायिक वनको बाँसघारीबाट सेना र प्रहरीको एक टोलीले गोली र म्याग्जिन बरामद गरेको हो । जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीका अनुसार बाँसको घरीमा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा फेला पारिएको हो । “अत्याधुनिक मेशिन गणका गोली र म्याग्जिन बरामद गरेका छौँ ।”, प्रनाउ सुवेदीले भने, “दहवनमा रहेको नेपाली सेना र इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको टोलीले हतियारका गोली र म्याग्जिन बरामद गरेको हो ।”
९ सय ७० थान गोली र २५ वटा म्याग्जिन बरामद गरिएको छ । एके-४७ हतियारको गोली ७ सय ५२ थान, सेभेन-६२ एमएम हतियारको गोली २ सय ८ थान र नाइन एमएम हतियारको गोली १० थान फेला पारिएको हो । त्यससँगै एसएमजी गणको म्याग्जिन २३ थान, एम-१६ मा प्रयोग हुने म्याग्जिन १ थान र एलएमजीको म्याग्जिन थान १ छन् ।
गोली र म्याग्जिन बरामद गरिएको आसपासका क्षेत्रमा सेना र प्रहरीको टोलीले थप सर्च गरिरहेको छ । स्थानीयको सूचनाका आधारमा ती सामग्री फेला पारिएका हुन् । त्यस ठाउँमा त्यति ठूलो परिमाणमा गोली र म्याग्जिन कसरी कस्ले ल्यायो भन्नेबारे अनुसन्धान भैरहेको प्रनाउ सुवेदीले जनाए । गोली र म्याग्जिन नयाँ र फ्रेस देखिन्छन् । दस वर्षे युद्धताका छोडिएका जस्ता नभएकाले सुरक्षा अधिकारीहरुले गहिरो अनुसन्धानलाई अघि बढाएका छन् ।
शान्ति प्रक्रियायता वेलावेला जिल्लाका विभिन्न ठाउँमा हतियार, गोली र बम फेला पर्दै आएका छन् । विगतमा फेला पारिएका हातहतियार युद्धताका छाडिएका हुने गरेपनि अहिले फेला पारिएका गोली र म्याग्जिन नयाँ देखिएको  हुुुन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here