- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsकोरोना संक्रमितलाई मनोपरामर्श

कोरोना संक्रमितलाई मनोपरामर्श

- Advertisement -spot_img

                  पहिलो चरणमा विभिन्न क्षेत्रका अगुवा परिचालन

दाङ ।
कोराना संक्रमितिहरुलाई सकारात्मक सन्देश प्रवाह गर्न र मनको विचलनलाई मनोपरामर्शमार्फत सकारात्मकता दिन तुलसीपुरमा निमार्ण गरिएको मनोपरामर्श समूहले समुदायका अगुवाहरुलाई मनोपरामर्शका लागि जिम्मा दिएको छ ।


क्षेत्र, वर्ग धर्म, समुदाय, विषयगत संरचना लगायतका विषयगक व्यक्तिहरुलाई आफनो क्षेत्रमा भएका कोरोना संक्रमितलाई मनोपरामर्श दिन सकेमा त्यो बढी प्रभावकारी देखिए पछि अगुवाहरुलाई सकारात्मक सन्देश प्रवाहगर्न र मनोपरामर्श दिन अगुवालाई अघि सारीएको समूहका संयोजक सुशील बस्नेतले बताए । हामीले विभिन्न चरणमा छलफल, बहस, र अन्तरक्रिया गरेर अगुवाहरुलाई यसको जिम्मा दिने निर्णय गरेका छौ, बस्नेतले भने, बाहिरका व्यक्ति गएर भन्दा त्यहि क्षेत्रको व्यक्तिले बढी प्रभावपार्ने विश्वास लिएका छौ । उनले भने यो संगै यसका लागि छुट्टै तीन वटा समूह समेत निर्माण गरिएको छ । विज्ञ समूह, सञ्चार समूह, मनोपरामर्शदाता गरेर फरक ढङगले पनि मनोपामर्श दिइरहेका छौ, मानवअधिकार तथा शान्ति समाजका बरिष्ठ उपाध्यक्ष तथा सम्वाद समुह क्षेत्रिय सचिवालयका बरिष्ठ सहजकर्ता समेत रहेका संयोजक बस्नेतले भने, यो अबस्थामा हामीले सकारात्मक विषयले संक्रमितहरुको उच्च मनोवल बढाउ प्रयास गर्ने हौ । सरोकारवालाहरुको छलफल पछि, धर्मगुरु, मानवीय सेवा र जीवनसंग जोडिएका संस्थाहरु, वर्गीय क्षेत्रीय, संस्थाका अगुवाहरु ,महिला स्वयम सेविकालाई आफनो क्षेत्रमा मनापरामर्शको जिम्मा दिइएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डले नेपालमा पालिका स्तरमा पहिलो मनोपामर्श समिति निर्माण भएको भन्दै यसलाई प्रभावकारी रुपमा लिइने बताए । संक्रमितलाई कसरी सहज हुन्छ हामी त्यो अनुसार जादै छौ, होम आइसोलेशनमा बस्दाको अवस्थालाई सकारात्कम रुपमा लिएर कोरोना जित्न सहयोग पु¥याउने हो । उनले केहि दिन भित्र सक्रमितहरुको लागि परामर्श दिने गरि कहि टोलफिरी नम्वरको समेत ब्यवस्था हुन थालेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here