- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमनोरञ्जनरंग पत्रकारको भूमिका महत्वपूर्ण

रंग पत्रकारको भूमिका महत्वपूर्ण

- Advertisement -spot_img

दाङ ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरलले कोरोना महामारीलाई जित्नका लागि रंग पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताएका छन । चलचित्र पत्रकार संघको २२ औँ स्थापना तथा राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचित्र पत्रकार संघ दाङ शाखाले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा अध्यक्ष पोखरेलले कोरोनाको विपत्तको घडिमा नागरिकमा निराशापनि बढी देखिएकाले रंग पत्रकारिताका माध्यमबाट सकारात्मक कुरा दिनुपर्ने बताए ।

कोरोना महामारीको बिचमा सुचना आदान–प्रदान गर्नु पत्रकारिताको धर्म भएकाले सुरक्षित र सावधानीपूर्वक काम गर्न उनले आग्रह समेत गरे । विपदमा पत्रकार तथा संचार जगतको भूमिका महत्वपूर्ण रहेकाले राज्यले पनि पत्रकारका लागि विषेश भूमिका खेल्नुपर्ने बताए । पेशागत सुरक्षाका लागि आफुहरु श्रमजीवीकै पक्षमा रहेको बताए ।
त्यस अवसरमा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष दिनेश सिटौला, पूर्व अध्यक्ष एवं वरिष्ठ रंग पत्रकार शान्ति प्रिय, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी लगायतले कोरोना महामारीमा रंग पत्रकारितालाई अझ सशक्त बनाउन सकेन नागरिकमा देखिएको निराशालाई केहि भएपनि कम गर्न सकिने बताएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाले संचालन गरेको आइसोलेसन व्यवस्थापन तथा संचालन र पत्रकार सहायता कोषलाई ५ हजार ५ सय ५५ रुपैयाँ पत्रकार देविराम कुसारीको अगुवाईमा कोरोनाबाट मृत्यु भएकालाई दाहसंस्कार लागि आवश्यक काठ खरिद तथा घाट व्यवस्थापन गर्न संचालित काठ बैंक अभियानलाई ४ हजार ४ सय ४४ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको संघका अध्यक्ष शिव पुनले जनाकारी दिए ।
कार्यक्रममा चलचित्र पत्रकार संघ दाङका सल्लाहकार शरद रेग्मी, निवर्तमान अध्यक्ष धु्रवराज न्यौपाने, चलचित्र पत्रकार संघका चितवन अध्यक्ष रबि अधिकारी, कास्की शाखा अध्यक्ष अरुण गिरी, पत्रकार बसन्त आचार्य लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण सचिव पूर्ण केसी (मुस्कान)ले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here