- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsश्रमिककालागि युवाले चलाए ‘भोक निवारण अभियान’

श्रमिककालागि युवाले चलाए ‘भोक निवारण अभियान’

- Advertisement -spot_img

 दैनिक ज्याला मजदुरी गर्ने श्रमिक र विद्यार्थीको सहयोगार्थ अभियान सञ्चालन गरि सहयोग गर्न सुरु गरिएको अभियान्ता अरुण लहरेले बताए । शुक्रबारदेखि थालिएको अभियानमा पहिलो दिन तुलसीपुर उपमहानगरपालिका ७, गणेशपुर निवासी बसन्त विकको परिवार र तुलसीपुरका एक विद्यार्थीलाई खााद्यन्न सहयोग गरिएको छ ।

प्रदेश टुडे
दाङ , ८जेठ ।
कोरोना कहरका कारण अपठेरोका परेका श्रमिक र विद्यार्थीहरुका लागि दाङमा ‘भोक निवारण अभियान’ सञ्चालन गरिएको छ । तुलसीपुरमा युवा नेपाल विद्यार्थी संघका जिल्ला कोषाध्यक्ष अरुण लहरेको अगुवाईमा यहाँका युवाहरुले यो अभियान चलाएका हुन । बास्तविक श्रमिक जो कारोनाकै कारण विचलनमा छन । त्यस्ता र विद्यार्थीहरुको भोक टार्नलाई अभियान थालिएको हो ।

तस्बिर : श्रमिकलाई सहयोग गरिदै ।

दैनिक ज्याला मजदुरी गर्ने श्रमिक र विद्यार्थीको सहयोगार्थ अभियान सञ्चालन गरि सहयोग गर्न सुरु गरिएको अभियान्ता अरुण लहरेले बताए । शुक्रबार देखि थालिएको अभियानमा पहिलो दिन तुलसीपुर उपमहानगरपालिका ७, गणेशपुर निवासी बसन्त विकको परिवार र तुलसीपुरका एक विद्यार्थीलाई खााद्यन्न सहयोग गरिएको छ । विकको परिवारमा केहिदिन अघि कोरोना संक्रमणका कारण एक जनाको निधन भएको थियो । उनको परिवारलाई दाल, चामल, नुन तेल लगाएका खाद्य सामाग्री प्रदान गरिएको अभियानका संयोजक तथा अभियान्ता लहरेले जानकारी दिए ।

त्यस्तै सल्यान स्थायी घर भई हाल राप्ती बबई क्याम्पस तुलसीपुर, कक्षा १२ मा अध्यनरत गणेश केसीलाई २ हजार ३ सय ५५ रुपैंया बराबरको दाल, चामल, नुन, तेल राहत प्रदान गरेको छ । साथै दाङ जिल्लामा कोरोनाका महामारीको चपेटामा परेका विद्यार्थी र दैनिक ज्याला मजदुरी गरेर खान कठिन भएकाको लागि सहयोग गर्न चाहिने व्यक्तिले अरूण लहरेको मोवाइल नं ९८५७८२३९२४ मा सम्पर्क गर्न सक्ने समेत जनाइएको छ । अभियानका सहयोग जुट्नेक्रम जारी रहेको छ । हालसम्म्मा ३१ हजार सातसय ८२ रुपैया संकलन भएको संकलित रकम श्रमिकको पहिचालन गरेर सहयोग गर्ने काम सुरु भइसकेको अहरेले जानकारी दिए । कोरोना कहरका कारण भएको लकडाउनले दैनिक काम गरेर खाने श्रमिकहरु पूर्णरुपमा प्रभावित भएका छन । दैनिक काम गरेर साझ विहान हातमुख जोडने श्रमिकहरुको अहिले चुलो बल्न बन्द हुन थाले पछि यो अभियानले त्यस्ता श्रमिकलाई राहात हुने अभियान्ताहरुको तर्क छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here