- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरपालिकास्तरीय कोरोना अस्पतालःपुर्वाधार व्यवस्थापनमा समस्या

पालिकास्तरीय कोरोना अस्पतालःपुर्वाधार व्यवस्थापनमा समस्या

- Advertisement -spot_img

उमा भण्डारी दाङ,४ जेठ । कोरोना भाइरसको संक्रमणले भयावह रुप लिएपछि दाङका स्थानीय सरकार यसको रोकथामका लागि सक्रिय बनेका छन् । जिल्लामा कोरोना संक्रमितको दर प्रतिदिन बढ्दै गएपछि यसको रोकथाम र संक्रमितहरुको उपचारका लागि स्थानीय सरकारहरु जुटेका हुन् ।

कोरोनाका विरामीहरुको सँख्या बढ्दै जाँदा अस्पतालमा बेड नपाईने र उपचार नपाएर विरामीहरुकोे मृत्यु हुने जोखिम बढेपछि जिल्लाका १० वटै पालिकाहरुले आइसोलेसन केन्द्र स्थापना गरेका हुन् । जिल्लाको घोराही, तुलसीपुर, लमही, दंगीशरण, शान्तीनगर र बवई गाउँपालिकामा कोरोना रोकथाम र संक्रमितको उपचारका लागि आइसोलेसन केन्द्र स्थापना गरिएको छ ।

दाङको राप्ती प्रादेशिक कोरोना विशेष अस्पताल वेल्झुण्डी दाङमा बेड अभाव भएपछि तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर मेट्रो अस्पतालमा अहिले ५० वेडका आइसोलेसन अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
यसैगरी घोराही उपमहानगरपालिकाले कोरोना संक्रमतिको उपचार र संक्रमण रोकथामका लागि राप्ती स्वास्थ्यय विज्ञान प्रतिष्ठानसंग सहकार्य गरेको छ ।

उपमहानगरले प्रतिष्ठानलाई ४५ लाख रुपैयाँ सहयोग गर्ने सहमती अनुसार ४५ लाख रुपैयाँ नगद र ५० वटा अक्सिजन सिलिण्डर दिईसकेको घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले बताए । आइसोलेसन बनाउने रकमले बेड र अक्सिजन व्यवस्थापन गर्न सहज हुने भन्दै प्रतिष्ठानलाई उक्त रकम सहयोग गरिएको उनले बताए ।

यसैगरी कोरोना रोकथाम तथा संक्रमितहरुको उपचारका लागि लमही नगरपालिका, गढवा , राप्ती र राजपुर गाउँपालिकाले संयुक्त रुपमा लमहीमा कोरोना अस्पताल निर्माण गरी सञ्चालनमा ल्याएका छन् । जुन २५ शैयाको छ । यस्तै दंगीशरण गाउँपालिकाले १०, बबई गाउँपालिकाले १० र शान्तीनरगर गाउँपालिकाले १० शैयाको आइसोलेसन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएका छन् ।

पुर्वाधार व्यवस्थापनमा समस्या
कोरोना रोकथाम र संक्रमितको उपचारका लागि स्थानीय सरकारहरुले आइसोलेसन स्थापना गरेपछि आवश्यकता अनुसारको पुर्वाधार व्यवस्थापना हुन नसकेको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बताए ।

तुलसीपुरमा नवनिर्मित मेट्रो अस्पताललाई आइसोलेसन सेन्टरका रुपमा सञ्चालनमा ल्याएपनि विरामीहरुका लागि अक्सिजन र जनशक्तिको व्यवस्थापन गर्न उनले नसकिएको बताए । जनशक्ति नहुँदा उपमहानगरपालिकाले जनशक्ति आवश्यकता सम्वन्धी सावर्जनिक सुचना समेत प्रकाशन गरेको छ ।

बर्तमानको खरिद प्रकृयाले कोरोना महामारीमा अत्यावश्यक सामान खरिद गर्दा समस्या परेको भन्दै सार्वजनिक खरिद सम्वन्धी ऐन नियमहरु परिवर्तन गर्नुपर्ने उनको धारणा छ ।

‘कुनैपनि सामग्री किन्दा टेण्डर आह्वान गर्नुपर्ने हुन्छ, समय त्यसैमा खपत हुन्छ, उनले भने–‘अहिले आवश्यकताका आधारमा साम्रगीहरु खरिद गर्नुपर्ने भएकाले कतिवेला के चाहिन्छ त्यो सबैमा प्रकृया पु¥याउँदा धेरै समय लाग्ने र विरामीले समयमा उपचार नपाउने हुन्छ , यसर्थ अहिले खरिद सम्वन्धी ऐन परिवर्तन गर्न जरुरी छ ।’
उपमहानगरले कोरोना रोकथामका लागि १५ करोड बजेट खर्च लाग्ने अनुमान समेत गरेको छ । ५ करोड पालिकाको बजेट र अन्य १० करोड बजेट प्रदेश र संघ मार्फत माग गर्ने नगर प्रमुख पाण्डेले जानकारी दिए ।

अस्तपालमा अक्सिजन नहुँदा सबै बेडहरुमा बिरामी राखेर उपचार गर्न नसकिएको उनी बताउँछन् । ‘हामीले आइसोलेसन सेन्टर स्थापना गरेर सञ्चालनमा ल्याएका त छौं तर चाहिने सामग्रीहरुको व्यवस्थापन गर्न निकै समस्या भएको छ ,उनले भने–‘समयमा अक्सिजन र स्वास्थ्य सामग्री उपलव्ध नहुनु नै हाम्रो मुख्य समस्या हो ।’

कोरोना संक्रमितहरुको सँख्या ह्वात्तै बढ्नाले एकातिर अस्पतालहरुमा बेडको अभाव छ भने अर्कोतिर अक्सिजन नहुँदा विरामी छट्पटिएर बस्नुपर्ने बाध्यता रहेको छ । कोरोना अस्पतालहरुमा आवश्यकता अनुसारको अक्सिजन व्यवस्थापन नहुँदा बिरामिहरु बेडमा छट्पटीनुपर्ने अवस्था सिर्जना भएको छ । राप्ती प्रादेशिक कोरोना विशेष अस्पतालका व्यस्थापक दोर्ण ओलिले बताए ।

कोरोना विशेष अस्पतालमा उपचाररत बिरामिहरुका लागि अहिले दैनिक एकहजार अक्सिजन सिलिन्डर आवश्यक पर्ने गरेको अक्सिजनको उचित व्यवस्थापनका लागि जिल्लाका स्थानीय सरकार, प्रशासन लगायतका निकायहरु जुटेपनि पर्याप्तमात्रामा अक्सिजन सिलिन्डर ब्यवस्थापन हुन नसकेको उनी बताउँछन ।

कोरोना संक्रमित विरामीहरुका लागी जिल्लामा दैनिक एक हजार अक्सिजन आवश्यक पर्ने भएपनि चारसय सिलिन्डर अपुग हुनेगरेको उनले बताए । ‘अक्सिजन अभाव हुदा बिरामिहरु बेडमा छट्पटाउन बाध्य छन् , उनले भने–“कतिबेला के हुन्छ भन्न नसकिने अवस्था छ।’

शान्तीनगर गाउँपालिकाका स्वास्थ्थ शाखा प्रमुख हरि पुनले एउटा अक्सिजन सिलिण्डर दुईजना विरामीहरुलाई आधा–आधा दिने गरेको बताए । अक्सिजन अभावमा बिरामीको मृत्यु नहोस् भन्ने उदेश्यले एउटा सिलिण्डरबाट दुईजनालाई अक्सिजन दिने गरेको उनको भनाई छ ।

स्थानीय सरकारले आ–आफ्नो क्षेत्रमा कोरोना विशेष अस्पताल सञ्चालन गरेपनि औषधी तथा स्वास्थ्य सामग्री खरिद प्रकृया, अक्सिजन अभाव, प¥याप्त जनशक्ति अभाव लगायतका समस्याहरु यथावत रहेको पालिका प्रमुखहरु बताउँछन् ।

बेड नहुँदा बरण्डामा राखेर उपचार

अक्सिजन अभाव भएपछि एउटा सिलिण्डरबाट दुईजनालाई अक्सिजन दिईँदै

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here