- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsराष्ट्रिय सभा सदस्यका लागि पाण्डे र खडकाको उम्मेदवारी

राष्ट्रिय सभा सदस्यका लागि पाण्डे र खडकाको उम्मेदवारी

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, ४ जेठ ।
राष्ट्रिय सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा लुम्बिनी प्रदेशबाट दुई जनाले उम्मेदवारी दिएका छन । नेपाली काग्रेस र नेकपा एमालेको तर्फबाट दुई जनाले उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्काले दाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन ।

चार दलीय गठबन्धनबाट उम्मेदवारी दिएका कांग्रेसका पाण्डे यसअघि लुम्बिनी प्रदेश सभा सदस्य थिए । एमालेका तर्फबाट प्रदेश सभा सदस्य निर्वाचित पाण्डेले केही दिनअघि प्रदेश सभा सदस्यबाट राजिनामा दिएर नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । यसैगरी एमालेका तर्फबाट उम्मेदवारी दिएका खड्का यसअघि पनि राष्ट्रिय सभा सदस्य हुन । माओवादी केन्द्रबाट निर्वाचित अर्घाखाँचीका खडका एमाले प्रवेश गरेपछि उनलाई माओवादीले कारबाही गरे पछि राष्ट्रिय सभा सदस्य पद गुमेको थियो ।

माओवादी कारबाहीपछि रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि एमालेले उनलाई नै पुनः उम्मेदवार बनाएकोे हो । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन आगामी १७ गते हुँदै छ । यो राष्ट्रिय सभा सदस्यका लागि प्रदेश सभा सदस्य, तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्छन । लुम्बिनी प्रदेशमा १ सय ९ स्थानीय तह र ८७ जना प्रदेश सभा सदस्य रहेका छन । जसमा प्रदेश सभा सदस्य अहिले ७९ सदस्य रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here