- Advertisement -spot_img
Friday, June 18, 2021
Homeसमाजमानवसेवा आश्रमलाई उपमहानगरको खाद्यान्न सहयोग

मानवसेवा आश्रमलाई उपमहानगरको खाद्यान्न सहयोग

- Advertisement -spot_img

तुलसीपुर,४ जेठ । तुलसीपुर उपमहानगरपालिकाले मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । मंगलबार तुलसीपुर–६ गाईडहरमा रहेको मानव सेवा आश्रममा उपमहानगरले चामल, तेल, ,चिनि, चना लगायतका खानेकुरा उपलव्ध गराएको हो ।
मानवसेवा आश्रममा खानेकुराको अभाव हुन थालेको कुरा जानकारी गराएसंगै उपमहानगरले तत्काल खाद्यान्न सामग्री उपलव्ध गराएको मानव सेवा आश्रम तुलसीपुरका संयोजक उर्वीन साप्कोटाले बताए ।

मंगलबार विहान करीव ९ बजेतिर मेयर घनश्याम पाण्डेलाई खाद्यान्न अभाव भएको कुरा जानकारी गराएका थियौँ, उनले भने–‘ जानकारी गराएको केहि समयमा हामीलाई उपमहानगरले खाद्यान्न सामग्री पठाईदियो ।’

उपमहानगरले आश्रममा १० बोरा चामल, एकबोरा चिनि, एकबोरा चना,चिउरा,२ कार्टुन तेल र सोयाविन सहयोग गरेको उनले बताए ।दुईमहिना देखि तुलसीपुरमा शाखा विस्तार गरी सञ्चालनमा आएको मानवसेवा आश्रममा सडकपेटीबाट उद्धार गरिएका, अनाथ, असाहय, अशक्त र मनोरोगीहरु बस्दै आएका छन् ।

मनोरोगी भएकाहरुको उपचार गरी उनीहरुलाई सामान्य अवस्थामा ल्याउने, परिवारमा पुर्नस्थापना गर्ने , अनाथ, असाहयहरुलाई आश्रममै राखेर स्याहार गर्ने गरिएको छ । आश्रम विभिन्न व्यक्ति तथा संघसंस्थाहरुको सहयोगबाट सञ्चालन भएको भन्दै संयोजक साप्कोटाले ईच्छुक व्यक्ति तथा संघसंस्थाहरुलाई सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here