- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsसलाम ! सेता सिपाहीहरु

सलाम ! सेता सिपाहीहरु

- Advertisement -spot_img

अचेल
मृत्युको सुनामीले
मच्चाउँदै छ कोलाहल
रोदन अनि क्रन्दन
छरपस्ट भईरहेछ धर्तीमा
हरेक दिन
कोमल मन त्रसित भईरहेछन्
र त सेता सिपाहीहरु
कर्ममा ब्यस्त छन् ।

जब तिमी मस्त निद्रामा हुन्छौं
परिवारसँग रमाइरहेका हुन्छौं
तब ऊ सेतो कपडामा सजिएर
तिम्रै वरिपरि रहि
छरिरहेछ मुस्कान
लगाईरहेछ चिरापरेका घाउँहरुमा मलम
अनि तिमी निर्भीक निदाइरहेछौं
र देखिरहेछौं बन्द आँखाले सपना ।

देश आईसियुमा रहदा
कोहि सत्तामा लिप्त भइरहेछन्
तर ऊ पसिना चुहाउँदै छ
उसलाई मतलब छैन जात अनि धर्मको
दुखित मुहारमा
छर्दैछ मुस्कान
सम्झछ ऊ काखे बालकलाई
बुढा बाबुआमालाई पनि
तै पनि गुनासो छैन कोहिसँग
किनकि ऊ कर्ममा तल्लीन छ ।

तर ऊ
प्रत्येक दिन रुन्छ एक्लै
देखाउदैन आँसु
सञ्जिवनी बुटी पिलाउँदै गर्दा
हरेक साँझ बिहान
मृत्युको अट्टाहास हाँसोले
झस्काउँछ उसलाई
तै पनि बिचलित हुँदैन
डटि रहन्छ ऊ आफ्नो कर्ममा
त्यसैले त
सलाम ! सेता सिपाहीहरु …

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here