- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsउल्लासमय रहोस् बुढेसकाल

उल्लासमय रहोस् बुढेसकाल

- Advertisement -spot_img


श्रीराम दहित
मानव जीवन एक चक्र अनुसार निरन्तर चलिरहन्छ । ऋषिमहर्षीहरुले जीवनलाई कसरी उत्सव, पर्व, उमंग तथा उल्लासमय बनाउने आफ्नो जीवनमा स्वयंको शरीरलाई प्रयोगशालाको रूपमा प्रयोग गरी सदुपयोग गरेको विभिन्न शास्त्र पुराणहरुको अध्ययनबाट जानकारी लिन सकिन्छ ।

ऋषिमुनीहरुले मानव जीवनलाई उमेरका आधारमा चार भागमा विभाजन गरेका छन् । शुन्यदेखि २५ वर्षको उमेरलाई भौतिक तथा मानसिक रूपमा शक्ति संकलन संचिति गर्ने ब्रह्मचर्य रूपमा रहने । २५ देखि ५० वर्षको उमेरलाई विशेषगरी नीतिपूर्वक भौतिक सम्पत्ति आर्जन र संचिती गर्ने । ५० देखि ७५ वर्षको उमेरलाई ५० वर्षको सीप, अनुभव, दक्षता, क्षमता तथा राजनैतिक ,सामाजिक मूल्यमान्यता अनुसार विशुद्ध सामाजिक उत्तरदायित्व निभाउने ।

७५ देखि १०० वर्षको उमेरलाई आ–आफ्नो समुदाय राष्ट्रको परम्परा मूल्यमान्यता अनुसार उत्सव, पर्व, उमंग तथा उल्लासपूर्ण रूपमा व्यतीत गर्ने जीवन जिउन आजै कार्य तालिका बनाऔं । बुढेसकाल बोझ होइन, जीवनको उत्तरार्ध र अर्को जीवनलाई अझै सुखमय बनाउने दिव्य अवसर पनि हो । बुढेसकाल साधनामय भएमा वा तनावमुक्त भएमा भावी पुस्ता र स्वयम्को अगाडिको यात्रा सुखद हुन्छ ।

सडक बास, बृद्धाश्रम, मर्न नसकेको बुढो–बुढी भनी अमानवीय शब्दको प्रयोग आफ्नै सन्तानले प्रत्येक पल सहजै उच्चारण गरेको श्रवणशक्ति कमजोर भएका कानहरुले सुन्नुपर्ने तितो बाध्यता पश्चिमी मुलुक हुँदै नेपाली समाजमा समेत प्रवेश गरेको छ ।

ज्येष्ठ नागरिक अथवा बुढेसकाल व्यतीत गरिरहेका सम्मानित व्यक्तिका सन्ततिहरुले मेरा पूर्खाले परिवार, समाज, राष्ट्र र समग्र विश्वका खातिर जे जति गर्नुभयो यही महान कार्य हो भन्दै सन्तुष्टी लिने दिने गर्नुपर्दछ, जसको कारण ज्येष्ठ सदस्यको बाँकी जीवनमा उत्साह भरियोस् अगाडिको यात्रामा फराकिलो क्षेत्र प्राप्ति होस् ।

बुढेसकाल रोग, शोक, श्रम, भोग, विलास, कुण्ठा, शारीरिक तथा मानसिक रूपमा चरम उत्कर्षको उमेर पनि हो । जहाँ सकारात्मकताको तुलनामा नकारात्मक भावहरु निरन्तर दृष्टि गोचर भइ रहन्छन्, जुन परिवारजनमा समेत अव्यक्त रूपमा बिझाइ रहेको तितो यथार्थ पनि हो ।

सडक बास, बृद्धाश्रम, मर्न नसकेको बुढो–बुढी भनी अमानवीय शब्दको प्रयोग आफ्नै सन्तानले प्रत्येक पल सहजै उच्चारण गरेको श्रवणशक्ति कमजोर भएका कानहरुले सुन्नुपर्ने तितो बाध्यता पश्चिमी मुलुक हुँदै नेपाली समाजमा समेत प्रवेश गरेको छ ।

बुढेसकालमा व्यक्तिले पहिले गरेका कुलत, कुकल्पना काम वासनाले समेत मानसिक रूपमा जीर्ण तुल्याएको व्यक्तिले महसुस गरेको हुँदैन ।

त्यस्ता शब्द र भौतिक भोगाइले भौतिक तथा मानसिक रूपमा जीर्ण अवस्थामा कसरी सहायक बन्ला र ? हाम्रा सम्मानित ज्येष्ठ नागरिकहरुको बुढेसकाल उत्साह, पर्व, उमंग र उल्लासमय जीवन समयमै गम्भीरतापूर्वक चिन्तन मनन् गर्दै समाधान खोजौं ।

ज्येष्ठ नागरिक अथवा बुढेसकाल व्यतीत गरिरहेका अग्रजहरुले देश, काल, परिस्थिति तथा स्वयम्को क्षमता, अनुभव तथा सीपलाई अन्यसँग तुलना गर्नतिर नजाऔं । भौतिक तथा आध्यात्मिक उन्नति प्रगति जो जति गरियो बाँकी जति सन्ततिका लागि हस्तान्तरण गरियो भन्ने मान्यतामा सन्यासी अवस्थालाई व्यावहारिक गरौं ।

शारीरिक अवस्थाअनुसार सुपाच्य आहार, कम्तीमा आठदेखि दस घन्टाको गहिरो निद्रा, योग, ध्यान, प्रणायम, सतसाहित्यको नियमित अध्ययन गर्ने दिनचर्या अपनाउँदा वास्तविक उल्लासले भरिपूर्ण बुढेसकाल हुनेछ । बुढेसकालमा व्यक्तिले पहिले गरेका कुलत, कुकल्पना काम वासनाले समेत मानसिक रूपमा जीर्ण तुल्याएको व्यक्तिले महसुस गरेको हुँदैन ।

ज्येष्ठ नागरिकहरुले स्वयम्को जीवन भोगाइ भावी सन्ततिलाई सिकाइको लागि बुढेसकाल उल्लासमय बनाउन जवानीलाई साध्नु पर्ने सुझाव अनुभव ज्येष्ठ नागरिकले बताउनुपर्छ ।

जीवनको उत्तरार्धमा अनावश्यक लोभ, मोह, काम वासना, इष्र्या, कुण्ठालाई नियन्त्रणमा राख्नसमेत साधनाको रूपमा व्यवहारिक हुनुपर्छ । ज्येष्ठ नागरिकहरुले स्वयम्को जीवन भोगाइ भावी सन्ततिलाई सिकाइको लागि बुढेसकाल उल्लासमय बनाउन जवानीलाई साध्नु पर्ने सुझाव अनुभव ज्येष्ठ नागरिकले बताउनुपर्छ ।

जुन व्यक्ति उर्जावान छैन त्यो तेजहिन, निष्प्राण कुकर्मी हुन्छ । जुनसुकै कार्य होस् त्यसप्रति उत्साह, उमंग आउँदैन । ती व्यक्ति असल कार्य गर्न सधैं बन्चित रहन्छन् । सन्तुष्ट रहन कसैले मान सम्मान गरुन् वा नगरुन् त्यसको कुनै प्रवाह गर्नु हुँदैन । खाली समय भएमा रचनात्मक कार्यमा लागौं मनलाई स्थिर राख्न कथा सुन्ने सुनाउने ।

भगवानप्रति आस्था बढाउन भक्ति भजन कीर्तनमा सहयात्री हुने । कल्प वृक्ष कामधेनु समान प्रारब्ध कटाउन सक्ने गायत्री महामन्त्रको नियमित जप साधना गर्दा बुढेसकाल सधैं पर्व उत्सव जस्तै उमंग उल्लासमय वातावरणमा व्यतीत हुनेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here