- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-newsतुलसीपुर आइसोलेसनलाई सहयोग

तुलसीपुर आइसोलेसनलाई सहयोग

- Advertisement -spot_img


तुलसीपुर, ३ जेठ ।
नेपाल रेडक्रस दाङले तुलसीपुर कोरोना आइसोलेसन अस्पताललाई विभिन्न सामग्री सहयोग गरेको छ । भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रअन्तर्गत मेट्रो अस्पतालमा सञ्चालनमा आएको आइसोलेसनमा उपचार गराइरहेका कोरोना संक्रमित बिरामीका लागि तीनवटा वाटर डिस्पेन्सर, एक हजार लिटरको टंकी, पानी तातो गराउन प्रयोग गरिने ३० वटा किट्ली, ५ वटा टेबुल पंखा, ५० वटा गिलास दिएको रेडक्रसले जानकारी दिएको छ ।

रेडक्रसका कार्यक्रम अधिकृत विश्राम अधिकारीले एक कार्यक्रमका बीच तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरे । यसअघि पनि युनिसेफको साझेदारीमा रेडक्रसले विभिन्न सामग्री सहयोग गरेको थियो ।

दलित महिला संघद्वारा एक लाख सहयोग

यसैबीच दलित महिला संघ दाङले तुलसीपुर कोरोना आइसोलेसन अस्पताललाई एक लाख आर्थिक सहयोग गरेको छ । आइसोलेसन व्यवस्थापन र अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेको दलित महिला संघ दाङकी अध्यक्ष युवा कराराले जानकारी दिइन् ।

कोरोना महामारीका कारण अक्सिजन अभावमा नागरिकले अकालमा ज्याउन गुमाउनु परेको बताउँदै यसको रोकथाम र नियन्त्रणका लागि आर्थिक सहयोग गरेको अध्यक्ष कराराले बताइन् ।

यसैबीच कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि तुलसीपुर कोरोना आइसोलेसन अस्पतालमा पुगेर तुलसीपुर उपमहानगरपालिका–६ शिखर कोलनी निबासी दोर्ण बहादुर केसी, मञ्जीता कोसीले पाँच हजार पाँच रुपैयाँ सहयोग गरेका छन् ।

यसैगरी नेपाल टेलिकम तुलसीपुरका कर्मचारी लक्ष्मी नारायण अर्जेलले पनि तुलसीपुर कोरोना अस्पताललाई ५ हजार सहयोग गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here