- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

- Advertisement -spot_img


प्रचण्ड खत्री
रुकुम पश्चिम, ३ जेठ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ मा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजेतिर ट्याक्टर दुर्घटना हुँदा अन्य दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

रा १ त ३८९५ नम्बरको ट्याक्टर डुङ्गा बोक्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाई छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा नम्बर ५ काडा घर भई वडा नम्बर ७ दुलिंगामा बस्दै आएका बर्ष १६ का आशिष केसीको रहेको प्रहरीले जनाएको छ । केसीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कपिल शाहीले जानकारी दिए ।

घाईते हुनेमा मुसिकोट नगरपालिका ७ का २५ बर्षिय धन बहादुर विक र बाँफिकोट गाउँपालिका वडा नम्बर ७ का १७ बर्षिय विजय अधिकारी रहेको सूचना अधिकारी शाहीले बताए । घाईतेलाई जिल्ला अस्पताल सल्लेमा रिफर गरिएको छ । धन बहादुर बिकको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाई छ । वडा नम्बर ६ को जिप्सिङदेखि दुलिंगा ढुंगा ल्याउँदै गरेको ट्याक्टर बाँफिकोट ७ को दुलिंगामा दुर्घटना भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here