- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरलघुवित्तको आइसोलेसनलाई सहयोग

लघुवित्तको आइसोलेसनलाई सहयोग

- Advertisement -spot_img


दुखहरण यादव
गढवा, ३ जेठ ।
विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना महामारीको दोस्रो लहरले अहिले अधिराज्य भरी नै आक्रान्त छाइरहेको छ । बिरामीको लागि अस्पतालमा बेड छैन, सिलिन्डर पाइए त्यसभित्र अक्सिजन हुँदैन । कहि एउटै अक्सिजन दुई बिरामीमा प्रयोग गरेको पनि सुनिन्छ ।

अस्पतालमा बिरामीको चाप बढ्दा राज्नैतिक दलको सिफारिसपछि मात्र भर्ना पाएको गुनासो पत्रपत्रिका मिडियामा आउन लागेको हामी देखेको छौं । मानौ यो धर्तीमा मानव सेवा र मानवता अब सकिएको छ । तर आरम्भ लघुवित्त गढवाका कर्मचारी मानवसेवामा अग्रभागमा रहेर गरेको सहयोगले सेवा भावको राम्रो उदाहरण दिएको छ ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था गढवाका कर्मचारीहरुले मिलेर आफ्नो गाँस काटेर गढवा गाउँपालिकाले सञ्चालन गरेको गढवा कोभिड आइसोलेसन सेन्टरका बिरामीलाई लक्षित गर्दै स्वास्थ्य सामग्री तथा फलफूल सहयोग गरेको छ ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था बुटवल रुपन्देहीका अनुगमन अधिकृत बसन्त कुमार शर्माको नेतृत्वमा गढवा शाखाका प्रमुख नवीन किशोर अधिकारी तथा कर्मचारी मेनका यादव र टीका आचार्यले आइसोलेसनका बिरामीको बसाई सजिलो होस् भन्ने उद्देश्यले गाँस काटेर सहयोगी भावनाले मास्क २०० थान, सेनिटाइजर ८ थान, डस्टबिन ८ थान, गम्छा, साबुन, ब्रश, टुथपेस्ट ८/८ थान र फलफूल ८ किलो सहयोग गरेको अनुगमन अधिकृत गढवा निवासी शर्माले बताए ।

त्यसैगरी गढवा शाखा प्रमुख नविन किशोर अधिकारीले कोरोना महामारीसँग लडिरहेका बिरामीलाई सहयोग हुने हेतुले हाम्रो कर्मचारीले स्वस्फूर्त रुपमा यो गरेको कामले अन्य संघ संस्था उत्प्रेरित हुने विश्वास ब्यक्त गरे ।

स्वास्थ्य सामग्री बुझ्दै गढवा कोभिड आइसोलेसन सेन्टरका इन्चार्ज सूर्यनारायण यादवले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले मानव परोपकारको लागि गरेको यो कार्य प्रशंसनीय रहेको बताउँदै आरम्भ चौतारीका कर्मचारीले आफ्नो खर्च कटाएर गरेको सहयोगको पूर्णरूपमा सदुपयोग गर्दै बिरामीको हितमा प्रयोग गर्ने प्रतिबद्धता जनाए ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले कोरोनाको पहिलो चरणमा पनि गढवा गाउँपालिकाले विपन्न तथा गरिब समुदायलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्नको लागि सञ्चालन गरेको राहत कोषमा दस हजार सहयोग गरेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here