वडा अध्यक्ष चौधरीको मृत्यु

0
127

दाङ, ३ जेठ ।
दाङको दंगीशरण गाउँपालिका वडा नं ३ का वडा अध्यक्षको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण कोहलपुर मेडिकल कलेजमा केहि दिनदेखि सघन रुपमा उपचार गराइ रहेका वडा अध्यक्ष पूर्णबहादुर चौधरीको सोमवार मृत्यु भएको हो । दंगीशरण गाउँपालिका ३ चखौरा घर भएका ६३ वर्षिय चौधरी स्थानीय निर्वाचनमा नेपाली काग्रेसको तर्फबाट चुनाव लडेर अध्यक्षमा निर्वाचित भएका थिए । स्थानीय स्तरमा लोकप्रिय रहेका चौधरी बेस नेपालका केन्द्रीय सदस्य समेत हुन ।
वडा सदस्यको मृत्यु
यसै गरेर तुलसीपुर उपमहानगरपालिका १३का वडा सदस्यको पनि कोरोनाका आइतवार राती मृत्यु भएको छ । होम आइसोलेशनमा रहेका वडा सदस्य केशरलाल चौधरीको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here