- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsकोरोनासँग मेरो अनुभव

कोरोनासँग मेरो अनुभव

- Advertisement -spot_img

अहिलेको वर्तमान परिवेशमा विभिन्न सामाजिक सञ्जालमा आएका लेख पढ्दा साह्रै दुःख लाग्छ । नकारात्मक भन्दा सकारात्मक पोष्ट गरौं । जसबाट कोरोना संक्रमितहरुलाई हौसला प्रदान होस् । त्यसै पनि संक्रमितहरुको मनोवल गिरेको हुन्छ । त्यसबेला मनोवल उच्च हुने र हौसला बढ्ने खालका लेखहरु लेखौं जस्तो लागेर मलाई पनि केही शब्द कोर्न मन लाग्यो ।

गत बर्ष नै कोभिडको बारेमा सुनेको थिए । तर अनुभूति थिएन । तर दोस्रो लहरले मलाई र मेरो परिवारका सदस्यलाई छोडेन । मलाई कहाँबाट संक्रमित भए भन्ने थाहा नै भएन ।

भर्खरै यो महामारीबाट म र मेरो परिवार अछुतो हुन सकेन । तर पनि त्यसलाई जितेर बाहिर निस्कन सफल भएका छौं । यस्तो परिस्थितिमा सामाजिक रुपमा तिरस्कृत भएजस्तो सबैले आफूलाई हेरे जस्तो अरुबेला भन्दा बेग्लै प्रकारको अनुभव हुने तर पनि घर परिवारको साथ सहयोग र आफ्नो मनोभावनालाई उच्च राख्दै कत्ति पनि चिन्ता नलिएर स्वास्थ्यलाई ख्याल गर्दै निरन्तर अगाडी बढे ।

गत बर्ष नै कोभिडको बारेमा सुनेको थिए । तर अनुभूति थिएन । तर दोस्रो लहरले मलाई र मेरो परिवारका सदस्यलाई छोडेन । मलाई कहाँबाट संक्रमित भए भन्ने थाहा नै भएन । बैशाख ८ गते दिउँसोदेखि अलि सञ्चो नभए जस्तो, टाउको भारी भए जस्तो, जीउ दुखे जस्तो महसुस भयो । विद्यालय जाने र अध्यापन गराउने दैनिकी थियो ।

तर त्यस दिन बेलुकी अलि स्वास्थ्यमा समस्या आए झंै अनुभूति भयो । भोलिपल्ट विद्यालयमा स्टाफले घरमै रेष्ट गर्न सक्ने सुझाव दिएपछि आराम गर्न थाले । त्यसरात ज्वरो आयो । पिसिआर टेष्ट गराउने निधो गरे र तुलसीपुर क्षेत्रमा टेष्टको ब्यवस्था नै थिएन । भोलिपल्ट बिहान घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगे । पिसिआर टेष्टका लागि नाम लेखाएर लाईनमा बस्दा निकै थकित महसुस गरे र थकित अवस्थामा पनि उभिन बाध्य थिए ।

बेला–बेलामा टिमुर, ल्वाङजस्ता जडीबुटी पनि प्रयोग गर्न छोडेन । पौष्टिक आहार, तातोपानी, सुप निरन्तर रुपमा लिए । मुख मिठो थिएन, बास्ना र गन्ध आउँदैन थियो । तर रोगलाई जित्नुपर्छ भनेर अरु बेलाभन्दा बढी पौष्टिक आहार लिने गरे ।

छेउको कुर्सीको सहारा लिएर लाईनमा बसी पिसिआर टेष्ट झण्डै तीन घण्टापछि गरियो । छेउछाउमा लाईनमा बसेका एकजना बृद्धको चित्कार, केही अन्यको अवस्था देख्दा मनोवल खस्कियो तर समालिए । भोलिपल्ट बैशाख ११ गते रिपोर्ट आयो तर छोडेन मलाई पनि, पोजेटिभ नै थियो । रिपोर्ट प्राप्त भएपछि गिर्दो मनोवल त झन उच्च भयो । अब घर परिवारलाई संक्रमित हुन दिन हुँदैन, एकान्त बासको ब्यबस्थापन, खानपिन र दैनिक दिन चर्याको तयारीमा जुट्ने तत्काल निधो गरे ।

आवश्यक औषधिका लागि श्रीमान् मार्फत स्वास्थ्यकर्मी बिमल केसीजीसँग परामर्श भयो । केही औषधिको ल्याईयो । स्वास्थ्य सम्बन्धी अध्ययन मेरो अनुभवका कारणले पनि हुन सक्छ मनोवल उच्च नै रहि रह्यो । ज्वरो आयो, सिटामोल प्रयोग गरे । १०० भन्दा माथि गएन । लामो समयसम्म खोकी लाग्यो त्यसका लागि कफसिरफ प्रयोग गरे ।

झण्डै ६/७ दिनसम्म केही असजिलो महसुस भईनै रह्यो । तर पनि मलाई मेरो परिवारले साथ छोडेन । हसाउने, गफमा भुलाउने, खुसी बनाउने, मनोरञ्जन दिन छोड्ेनन् । श्रीमान् सुशील तथा दुई छोरी स्नेहा र निष्ठाले प्रयासलाई नछोड्दा मेरो अनुभवमा संक्रमणले च्याप्न पाएन ।

बेला–बेलामा टिमुर, ल्वाङजस्ता जडीबुटी पनि प्रयोग गर्न छोडेन । पौष्टिक आहार, तातोपानी, सुप निरन्तर रुपमा लिए । मुख मिठो थिएन, बास्ना र गन्ध आउँदैन थियो । तर रोगलाई जित्नुपर्छ भनेर अरु बेलाभन्दा बढी पौष्टिक आहार लिने गरे ।

घाँटी सुकेझैं हुने, असजिलो महसुस हुँदा डर लाग्दथ्यो । अस्पताल तत्काल गईहालु जस्तो लाग्दथ्यो तर मध्यरातमा श्रीमान, दुई छोरीको हौसला र तातोपानीको ब्यवस्थाले मलाई अमृत सरह भयो । जसका कारण केही सहज महसुस हुने गर्दथ्यो । श्वासप्रश्वासमा समस्या आउने बित्तिकै घोप्टो परी सुत्न छोडिन ।

झण्डै ६/७ दिनसम्म केही असजिलो महसुस भईनै रह्यो । तर पनि मलाई मेरो परिवारले साथ छोडेन । हसाउने, गफमा भुलाउने, खुसी बनाउने, मनोरञ्जन दिन छोड्ेनन् । श्रीमान् सुशील तथा दुई छोरी स्नेहा र निष्ठाले प्रयासलाई नछोड्दा मेरो अनुभवमा संक्रमणले च्याप्न पाएन ।

कोरोना संक्रमणले दिउँसोमा त्यति नसताए पनि राति भने अलि बढी सताउने ग¥यो । अनि एकान्त र सुनसान मध्यरातमा मनलाई गिर्न दिईन । कोरोना जित्ने एउटा मुख्य उपाय हौसला, उच्च मनोवल, सकारात्मक साेंच रहेको मलाई अनुभूति रह्यो । तत्काल सानो छोरी, बुवा–मुवा, सासु–ससुराको पिसिआर टेष्ट पोजेटिभ आयो । मेरो अनुभवले उहाँहरुलाई कोरोनामुक्त गराउन हाम्रो परिवार सफल भयो ।

यो सफलताका लागि स्वास्थ्यकर्मी बिमल केसी, तुलसीपुर उपमहानगपालिका नगरप्रमुखको सचिवालय र वडा नम्वर ६ को स्वास्थ्य शाखाका यज्ञ केसीले फोन मार्फत दिनुभएको स्वास्थ्य अवस्थाको जानकारी, सल्लाह, सुझाव र स्वास्थ्य लाभको कामना गर्दा साह्रै खुशी लाग्यो । उहाँहरुलाई पनि धन्यबाद दिन्छु ।

तत्कालीन अवस्थामा कोरोना संक्रमित भएकी सहकर्मी सुनिता म्यामले मेरो र परिवारको स्वास्थ्य अवस्थाका बारेमा चासो लिनुभयो । जसका कारण मलाई कोरोना जित्न उच्च मनोवल प्रदान भयो । साथै मेरा साथी, भाइ, इष्टमित्र, सहकर्मी जसले मलाई निरन्तर हौसला प्रदान गरिरहनुभयो । उहाँहरुप्रति कृतज्ञ छु । स्वस्थ्य रहांै सुरक्षित रहौं ।

विनु वली
तुलसीपुर उपमहानगरपालिका–६, दाङ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here