- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsसल्यान अस्पतालमा अनियमितता, छानविन समिति गठन

सल्यान अस्पतालमा अनियमितता, छानविन समिति गठन

- Advertisement -spot_img

हिमाल शर्मा
जेठ ,३ सल्यान
जिल्ला अस्पताल सल्यानमा जडान गरिएको कन्सन्ट्रेटर खरिदमा अनियमितता भएको भन्दै छानविन समिति गठन गरिएको छ ।

अक्सिजन प्लान्ट भनेर अक्सिजन कन्सन्ट्रेटर जडान भएको र उक्त मेसिन खरिदमा अनियमितता भएको भन्दै आइतबार छानविन समिति गठन गरिएको हो । जिल्ला प्रशासन कार्यालय सल्यानमा आइतबार लिखित उजुरी परेपछि छानविन समिति गठन गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काको संयोजकत्वमा कोलेनिकाको कर्मचारी र शारदा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख र बायोमेडिकल इन्जिनियर सदस्य रहेको छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताइन । छानविनमा यदि दोषी ठहरिए जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने र भुक्तानी पनि रोक्का गरिएको उनको भनाई छ । यदि खरिद कर्ताले नै गडबढी गरेको पाइए उक्त कम्पनीलाई कालो सूचीमा राखिने उनको भनाई छ ।

स्वास्थ्य सेवा कार्यालयले अक्सिजन प्लान्ट भन्दै ४९ लाखमा खरिद गरेको जानकारी दिएको थियो । अक्सिजन प्लान्ट भनेको अक्सिजन कन्सन्ट्रेटर भएको र अक्सिजन कन्सन्ट्रेटरलाई त्यतिधेरै पैसा नपर्ने चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य व्यवस्थापक दशरथ श्रेष्ठले अक्सिजन प्लान्ट भनेर नै टेन्डर आह्वान गरिएको तर कम्पनीले भने अर्कै समान पठाएको बताएका छन् । मेसिनको प्राविधिक विषयमा आफूँहरुलाई जानकारी नहुने उनको तर्क रहेको छ । टेन्डर अनुसारको किन सामान आएन त्यसबारेमा आफुँहरुले खरिदकर्तासँग पनि छलफल गछौं ।
सामानको टेन्डर देखि खरिदसम्म आफूँलाई कुनै जानकारी नभएको भन्दै अस्पताल व्यवस्थापन समितिका अध्यष सिपि ओली भने पन्छिएका छन् । आफूँ अस्पतालको अध्यक्ष भएपनि टेन्डर आह्वान देखि खरिद प्रक्रियासम्म आफूँ संलग्न नरहेको बताएका छन् । सामान खरिद गर्दा आफूसँग एक वचन पनि नसोधेको उनको गुनासो छ ।
स्वास्थ्य सेवा कार्यालय सल्यानमा गत मंसिरमा आह्वान गरेको टेन्डरमा ड्रायोजन मेडिटेक प्रा.लि. सुर्खेतले ठेक्का पाएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here