- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबर१० नेताले पाए एमाले एकताको जिम्मेवारी : तीन दिनमा प्रतिवेदन तयार पार्नुपर्ने

१० नेताले पाए एमाले एकताको जिम्मेवारी : तीन दिनमा प्रतिवेदन तयार पार्नुपर्ने

- Advertisement -spot_img

 

काठमाडौं: सत्तारुढ नेकपा (एमाले) भित्र लामो समय देखिको आन्तरिक विवाद समाधानको जिम्मेवारी १० नेताले पाएका छन्। आइतबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले विवाद समाधानका लागि पाँच–पाँच सदस्यीय कार्यदल बनाएका हुन्।

अध्यक्ष ओली समूहको कार्यदलको नेतृत्व पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाएका छन् भने नेपाल समूहको कार्यदलको नेतृत्व पार्टी उपाध्यक्ष भीम रावललाई दिइएको छ।

नेम्वाङ नेतृत्वमा बनेको ओली समूहको कार्यदल सदस्यमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमालसहित पाँच नेता रहेका छन् भने रावल संयोजकत्वमा बनेको नेपाल पक्षको कार्यदलमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त  सदस्य छन्।

ओली र नेपाल पक्षको वार्तापछि पत्रकारसँग कुराकानी गर्दै वरिष्ठ नेता नेपालले कार्यदललाई तीन दिनको समय दिएको जानकारी दिए। तीन दिनमा कार्यदलले पार्टी एकताको प्रतिवेदन तयार पर्नेछ।

प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग भएको वार्ता सकारात्मक भएको बताए। वार्तापछि बाहिरिनेक्रममा पत्रकारको जिज्ञासामा ओलीले वार्ता सकारात्मक भएको बताएका हुन्।

शुक्रबार सिंहदरबारमा ओली र नेपाल पक्षका नेताको छलफलले पार्टी विवाद समाधानका लागि कार्यदल बनाउने जिम्मा शीर्ष नेता ओली र नेपाललाई दिएको थियो।

एमालेको नेपाल पक्ष पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने अडानमा छ। ओली र नेपालबीच वैशाख २७ गते करिब चार घण्टा भएको वार्तामा पार्टीलाई २०७५ जेठ २ कै अवस्थाबाट अगाडि बढाउने सहमति भएको थियो।

सोही सहमतिअनुसार शुक्रबार बसेको शीर्ष नेताको बैठकले सहमति कार्यान्वयका लागि कार्यदल बनाउने जिम्मा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिएको थियो।    स्रोतः अन्नपुर्णपोष्ट

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here