- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसमाजसंक्रमितहरुलाई निःशुल्क खाना

संक्रमितहरुलाई निःशुल्क खाना

- Advertisement -spot_img

दंगीशरण,२ जेठ ।     दाङको दंगिशरण गाउँपालिकामा संक्रमितहरुका लागि निःशुल्क खाना खुवाउने अभियान सुरु गरिएको हो । गाउँपालिका भित्रका केहि युवाहरुले आइसोलेसनमा उपचाररत संक्रमितहरुका लागि खाना खुवाउने अभियान सुरु गरेका हुन् ।

कोरोना महामारीको विषम परिस्थितीमा सामाजिक उत्तरदायीत्व अन्र्तगत दंगिशरण गाउँपालिकाले संचालन गरेको बागर स्वास्थ्य चौकीको आइसोलेसनमा उपचाररत कोरोना संक्रमितहरूका लागि निःशुल्क खाना खुवाउने अभियानमा जुटेका हुन् ।
‘भजन गाउने ओठ भन्दा सहयोग गर्ने हातहरु पबित्र हुन्छन’ भन्ने उदेश्यका साथ उनिहरू सामाजिक सेवामा लागेका हुन् । आइसोलेसन केन्द्रमा अक्सिजन सिलिण्डरको व्यवस्थापनका लागि योजना बनाएका युवाहरुले उक्त योजना सफल नभएपछि निःशुल्क खाना खुवाउने अभियानमा जुटेका छन् ।

खाना खुवाउने कामलाई थप व्यवस्थित बनाउनका लागि समिति समेत गठन गरेका छन् । जसको संयोजकमा राघव देवकोटा रहेका छन् । भने अभियानमा प्रमोद आचार्य, जिबेसनाथ योगी, अर्जुन भट्टराई, निराजन देबकोटा, देव राज बुढाथोकी, ओपेन्द्र शर्मा रहेका छन् । उक्त अभियान शुक्रबार देखि सुरु भएको हो ।

विभिन्न व्यक्तिहरुबाट प्राप्त भएको सहयोग रकमले संक्रमितहरुलाई पोषणयुक्त खाना निःशुल्क रुपमा वितरण गरिएको अभियान्ताहरु बताउँछन् ।

उनीहरुका अनुसार निःशुल्क खाना खुवाउने अभियान दाङको लागि पहिलो अभियान हो । जिल्लाका विभिन्न स्थानमा पौष्टिक खाजा÷खाना अभियान सञ्चालनमा आएका छन् । तर सबैले केहि शुल्क लिने गरेपनि आफुहरुले कुनैपनि शुल्क नलिएर खाना खुवाउने उनीहरुले जानकारी गराए।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here