- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरसल्यान अस्पतालमा अक्सिजन प्लान्ट

सल्यान अस्पतालमा अक्सिजन प्लान्ट

- Advertisement -spot_img

हिमाल शर्मा                                                                      सल्याान ,१ जेठ  ।  सल्यानमा कर्णाली प्रदेशमै पहिलो पटक जिल्ला अस्पताल सल्यानमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । अक्सिजनको अभावमा कोरोना संक्रमितहरु छटपटाइरहेको समयमा अस्पतालमा शनिबारबाट अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो ।

सञ्चालन गरिएको अक्सिजन प्लान्टबाट तत्काल १० वेडमा उपलब्ध गराइएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए । प्रति मिनेट ४० लिटरका दरले अक्सिजन उत्पादन हुने उनको भनाई रहेको छ ।  ‘अक्सिजन प्लान्ट नहुँदा बाह्रय जिल्लाको भर पर्नु पर्ने बाध्यता थियो अब उक्त बाध्यता केही दमसम्म कम हुने छ ।
अक्सिजन प्लान्ट जडान भएपछि जटिल किसिमका संक्रमितहरुलाई उपचार गर्न सहज हुने डिसीेले बताए । बिरामीको अक्सिजनको मात्रा अनुसार अन्य बेडमा समेत प्लान्ट जडान गरिने उनको भनाई छ ।

कर्णाली प्रदेश सरकारको ५१ लाख आर्थिक सहयोगमा अक्सिजन प्लान्ट निमार्ण भएको हो । सुर्खेत र जुम्लामा अक्सिजन प्लान्ट भएपनि कोरोना लक्षित अक्सिजन प्लान्ट भने प्रदेशमै पहिलो पटक सल्यानमा जडान भएको डिसीको भनाई छ ।

यसअघि जिल्लामा अक्सिजन पलान्ट नहुँदा बिरामीहरुले सास्ती भोग्दै आईरहेका थिए । जसका कारण महंगो शुल्क तिरेर जिल्ला बाहिर जानु पर्ने बाध्यता हुने गरेकोमा अव भने केही राहत मिल्ने विश्वास गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here