- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsकाठ बैंकलाई दुई लाखभन्दा बढी सहयोग, काठ आउने क्रम जारी

काठ बैंकलाई दुई लाखभन्दा बढी सहयोग, काठ आउने क्रम जारी

- Advertisement -spot_img

देविराम कुसारी
सितलपुर, २८ बैशाख ।

कोरोना महामारीबाट मृत्यु भएकाको शव दाहसंस्कारमा देखिएको समस्यालाई समाधान गर्न थालिएको काठ बैंक तथा घाट व्यवस्थापन अभियानलाई मंगलबार पनि सहयोग आउने क्रम जारी रहेको छ ।

अभियानलाई हालसम्म २ लाख ७ हजार २ सय ६३ नगद सहयोग प्रदान भएको छ । कोरोनाबाट मृत्यु भएकाको शव दाहसंस्कार गर्न समस्या भएपछि थालिएको काठ बैंक तथा घाट व्यवस्थापन समितिलाई जिन्सीमा काठ सहयोग प्रदान पनि भएको समितिका अध्यक्ष देविराम कुसारीले जानकारी दिए ।

अभियानलाई तुलसीपुरमा रहेको तुलसी बाल अस्पतालका बालरोग विशेषज्ञ डाक्टर किशोर खत्री र उनकी धर्मपत्नी एवं अस्पतालकी कार्यकारी निर्देशक कमला बस्नेतले संयुक्त रूपमा आमाको सम्मान स्वरूप २५ हजार नगद प्रदान गरेका छन् ।

त्यसैगरी अभियानलाई मानवीय सहायता नेपालले १५ हजार नगद प्रदान गरेको छ । त्यसैगरी युथ्स अफ तुलसीपुरले १० हजार सहयोग प्रदान गरेको छ । अध्यक्ष बसन्त गिरी, सल्लाहाकार अरूण लहरे, कोषाध्यक्ष भूपेन्द्र खड्का, सदस्य शुविल श्रेष्ठ लगायतको समूहले स्थलमै आएर १० हजारको चेक प्रदान गरेका छन् ।

त्यसैगरी अभियानलाई तुलसीपुर–६ निवासी सञ्चारकर्मी हेमप्रकाश वलीले नगद ४ हजार १० रूपैयाँ, ललितपुर जिल्ला, हरिशिद्धुी घर भई हाल नागरिक आवाज ललितपुरको बरिष्ठ कार्यक्रम अधिकृतमा कार्यरत शिखा भट्टराईले नगद ५ हजार, सहयोग प्रदान गरेका छन् ।

चितवन घर भई हाल नागरिक आवाज ललितपुरमा कार्यक्रम अधिकृतमा कार्यरत निशा थापा २ हजार ५ सय घोराहीका आस्था पाण्डे र अच्युत पाण्डेले आमाको सम्मान स्वरूप १ हजार ८ रूपैयाँ सहयोग प्रदान गरेका छन् ।

घोराहीका चित्रबहादुर विष्टले २ हजार १ सय २१, बैतडी घर भई हाल तुलसीपुरमा रहेका विष्णुदत्त भट्टले १ हजार २५ नगद प्रदान गरेको समितिका कोषाध्यक्ष हरिप्रसाद बुढाथोकीले जानकारी दिए ।

शव दाहसंस्कार गर्न काठ जम्मा गर्ने उद्देश्यले थालिएको अभियानमा तुलसीपुरका पुराना पत्रकार पूर्णचन्द्र धितालले नगद २ हजार ५ सय, जिपी कोइराला अध्ययन केन्द्र पश्चिम रूकुमका नवराज वलीले ५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

अभियानलाई तुलसीपुर–१२ घर भई हाल अमेरिका बस्ने चित्र बहादुर चौधरीले ११ हजार ५, तुलसीपुर–५ निवासी तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव बिनिल केसीले ३ हजार १ सय, तुलसीपुर–५ निवासी आहा अभियानका अभियान्ता तथा डिके टेडर्सका प्रोप्राईटर दिनेश केसीले २ हजार ५ सय २५, तुलसीपुर–७ निवासी निसम एन्ड अनुजा फेन्सी पसलका प्रोप्राइटर गगम बुढाथोकीले २ हजार १ सय १५, गैंडाकोट ५ निवासी आदर्श एग्रो एन्ड प्लानटेसन चितवनका मार्केटिङ म्यानेजर अमृत सिग्देलले ५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

त्यसैगरी दैलेख निवासी एगृहब नेपाल कृषि फर्म नवलपरासीका सञ्चालक अटल भट्टले १ हजार ५, तुलसीपुर–११ प्रिगाउँ निवासी तुलसीपुर सिटी हस्पिटलका म्यानेजिङ डाइरेक्टर गणेश बस्नेतले २ हजार ५ सय ५, घोराही १३ सेवार निवासी समाजसेवी तथा सामाजिक अभियन्ता सुशील भारतीले २हजार एक सय ५ नगद प्रदान गर्नुभएको ।

आर.एन. कन्ट्रक्सनका तुलसीपुर १० का सञ्चालक नविन कवर र रञ्ति न्यौपानेले १० हजार ५, तुलसीपुर १२ का समाजसेवी टेकबहादुर डाँगीले ६ हजार ५, न्यु रेग्मी इन्टरप्राइजेज, सेवा हार्डवेयर एण्ड सप्लार्स, एएम हार्डवेयरका सञ्चालक बसन्त रेग्मी, नवराज रेग्मी, गीमानन्द डाँगीले संयुक्त रूपमा ५ हजार ५ रूपैयाँ प्रदान गरेका छन् ।

तुलसीपुर–१२ का सुमन बस्नेतले ७ हजार ३ रूपैयाँ, घोराही–१३ का प्रकाश गौतम, हरिप्रसाद गौतम, सन्ध्या शर्माबाट २ हजार ७ सय २७ रूपैयाँ, तुलसीपुर–१२ का प्रतिमा रिजालले १ हजार १ सय रूपैयाँ, तुलसीपुर–६ का सञ्चार उद्यमी दिपु गिरी र ज्यौती गिरीले ५ हजार ५ रूपैया सहयोग प्रदान भएको सचिव हेमराज डाँगीले जानकारी दिए ।

त्यसैगरी तुलसीपुर–१३ निवासी समाजसेवी, नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला सदस्य हरिहर पौडेलले १ हजार १ सय ११ रूपैयाँ, तुलसीपुर–१२ कचिला हाल काठमाडौंमा व्यवसाय गर्दै आएका युवा व्यवसायी, सञ्जिव गिरिले २ हजार ५०, तुलसीपुर–११ उरहरी निवासी युवा प्रकाश न्यौपानेले आफ्नी आमा उमा न्यौपानेको सम्मान स्वरूप १ हजार १५ रुपैयाँ प्रदान गरेका छन् ।

तुलसीपुर–१२ कचिला निवासी हाल बुटवलको नोभा जेनेटिक प्रालिमा कार्यरत समाजसेवी संजोग गिरीले २५ हजार ५ रुपैयाँ, तुलसीपुर–१२ कचिला निवासी सबैको लघुवित्त वित्तीय संस्था उरहरिका शाखा प्रमुख समाजसेवी भोला गिरी तथा उनकी धर्मपत्नी बिना गिरीले ११ हजार ५, तुलसीपुर–१३ बखरिया निवासी शुसन इलेक्ट्रो सप्लायर्सका प्रोप्राइटर युवा व्यवसायी समाजसेवी शरद पाण्डेले ११ हजार ५ रुपैयाँ प्रदान गरेका छन् ।

तुलसीपुर–१२ हेमनगर निवासी हाल रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका समाजसेवी पोषणराज डाँगीले ५ हजार, तुलसीपुर–१२ निवासी दंगीशरण गाउँपालिकाको आन्तरिक लेखा परिक्षण शाखाका शाखा प्रमुख, समाजसेवी समीर गौतमले १ हजार ५ सय ५५, र तुलसीपुर–१२ कचिला निवासी हाल काठमाडौंमा बैंक अफ काठमाडौंमा कार्यरत समाजसेवी कविराज गिरिले रू ३ हजार १ सय १ रुपैया सहयोग गरेको समितिका सह–सचिव सुशील गिरीले जानकारी दिए ।

तुलसीपुर–११, जस्पुर निवासी हाल जापानमा अध्ययन अध्ययरत युवा मिलन खत्रीले ४ हजार ७ सय ८८, तुलसीपुरका समाजसेवी घनश्याम सापकोटाले ४ हजार ५, दंगीशरण ६ बागर निवासी अन्तर्राष्ट्रिय कराँते खेलाडी एस.एन चौधरीले २ हजार १ सय २१, तुलसीपुर–११ उरहरी घर भई हाल दक्षिण कोरियामा बस्दै आएका पत्रकार, बामदेव देवकोटाले २ हजार १ सय नगद प्रदान गरेको समितिका बरिष्ठ सदस्य शिशिर रावतले जानकारी दिए ।

त्यसैगरी अभियानलाई काठ सहयोग पनि भएको छ । काठ संकलनका लागि मानवीय सहायता नेपालका स्वयम्सेवक तुलसीपुर–१३ मन रतन खड्का, दंगीशरणका डिवि खड्का, दिलबहादुर केसी, अम्मर केसी, निर्माला बुढाथोकी, विमला केसीले काठ संकलनमा सहयोग गरेको सल्लाहकार पुष्प गिरीले जानकारी दिए ।

नेविसंघ राप्ती बबईका सभापति बसन्त बस्नेतको नेतृत्वमा नेविसंघ, तुलसीपुर–६ का सिताराम शर्मा, १० का प्रह्लाद शाह, १३ का अनिश रेग्मी, पुस्कर खत्री, ११ श्रीधर बुढाथोकी, सुरेन्द्र बुढाथोकी, ११ जलन खड्का, तुलसीपुरको सिद्धि विनायक फर्निचर, ११ नवराज केसी, ११ कै पूर्णबहादुर भण्डारी, ढाटु चौधरी, पुष्कर केसी, कृष्ण देवकोटा, १३ का पुष्कर खत्री, १२ का जनक केसी, दंगीशरण–२ का भुवन कुुसारी, विवेक केसी, भरत केसीलगायतले काठ दान गरेको समितिका आत्माराम घिमिरेले जानकारी दिए ।

अभियानलाई सहयोग गरी विपद्मा मानवता कायम गर्न समितिका सल्लाहकार चिन्ताबहादुर गिरीले आग्रह गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here