- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsविवाह खर्च कटाएर ५१ हजार सहयोग

विवाह खर्च कटाएर ५१ हजार सहयोग

- Advertisement -spot_img

दाङ, २८ बैशाख ।
कोरोनाको महामारीमा विवाह गरेका नव विवाहित घोराहीका एक जोडीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन खरिदका लागि आर्थिक सहयोग गरेका छन् ।

नव विवाहित जोडी घोराही–१८ नवलपुर निवासी अविनाश राना र सिर्जना राना कँवरले आफ्नो विवाह खर्च कटाइ कोरोनाको महामारीको बेला अक्सिजन नपाई बिरामीको उपचारमा समस्या भएपछि ५१ हजार रूपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

विवाह खर्च कटाई सानो रकम अक्सिजन खरिदका लागि रकम सहयोग गर्न पाउँदा आफूहरू अत्यन्तै खुसी भएको र समाजमा सकारात्मक सन्देश प्रवाहसहित सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त रकम सहयोग गरेको उनीहरूको भनाइ छ ।

राना र कँवरबीच कोरोनाको महामारीमा केही दिन पहिले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई विवाह भएको थियो । नव विवाहित जोडीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपती प्राडा संगीता भण्डारी, अस्पताल निर्देशक डा.प्रज्ञा बस्नेत, कामु रजिष्टार झङ्कार लामिछानेलाई ५१ हजारको चेक हस्तान्तरण गरेका हुन् ।

उपकुलपती भण्डारीले कोरोनाको महामारीमा आफ्नो विवाह खर्च कटाएर अक्सिजन सिलिन्डर खरिदका लागि प्रतिष्ठानलाई सहयोग गरेकोमा धन्यवाद दिदै वैवाहिक बन्धनमा बाँधिएकोमा सफल दाम्पत्य जीवनको बधाई तथा शुभकामना दिइन् ।

उक्त अवसरमा दाङ उवासंघका पूर्व जिल्ला अध्यक्ष नारायण भुसाल, पूर्व अध्यक्ष हेमराज बन्जाडे, संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सविन प्रियासनसहितको उपस्थिति रहेको थियो ।

आर्थिक सहयोग गर्ने नव विवाहित जोडी दाङ निर्माण ब्यवसायी संघका कार्यसमिति सदस्य राना नेपाल निर्माण ब्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र राना र अनिता रानाको छोरा र बुहारी हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here