म त छोरो मान्छे

0
174

माझीले जालमा
माछालाई फसाए सरह
जिम्मेवारी र रहर सँगै
फसिरहेछ जिन्दगी
न रहर पूरा गर्न सकिन्छ
न त जिम्मेवारीबाट
छाल र किनारा जसरी भाग्न
तै पनि
अरुको खुशीको लागि रेटिदै
मुस्कान छर्नु पर्छ
किनकी
म त छोरो मान्छे ।

इच्छा अनि चाहनाहरु
पैतलाले कुल्चिदै
कुलको बिडोको ताज
शिर माथि राखी दिदा
मेरा रहरहरु सम्झन्छु
सम्झन्छु डढेलो लागेका
हजारौं सपनाहरु
तै पनि
पछाडि फर्कनु हुँदैन
माझीले बर्षायामको भेलमा
डुङ्गालाई खियाए जसरी
बढ्नुपर्छ अगाडि
किनकी
म त छोरो मान्छे ।

चिच्चाउन सक्दैन
केबल एकान्तमा
हुक्क–हुक्क आवाज बाहेक
थरथराउँछन् मेरा ओठहरु
कम्पन चल्छ
मनका अन्तरङ्गहरुमा
बन्छ जिन्दगी
भूकम्प पछिको भग्नावशेष जस्तो
उजाड एक वृक्ष जस्तो
तै पनि
रुनु हुँदै हुँदैन
किनकी
म त छोरो मान्छे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here