- Advertisement -spot_img
Sunday, June 20, 2021
Homebreaking-newsओलीले विश्वासको मत पाएनन्

ओलीले विश्वासको मत पाएनन्

- Advertisement -spot_img

काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले संसद्बाट विश्वासको गुमाएका छन । उनी विश्वासको मत लिन असफल भएका हुन । विश्वासको मतका लागि ओलीले राखेको प्रस्तावउपर प्रतिधिनिसभाको सोमबारको बैठकमा भएको मतदानमा उनीले विश्वास प्राप्त गर्न सकेनन । उनको पक्षमा ९३ मत मात्रै आएको छ ।
प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएको घोषणा सभामुख अग्नी सापकोटाले गरेका हुन । विश्वास प्राप्त गर्न ओलीलाई १३६ मत आवश्यक थियो । तर ओलीले जम्मा ९३ मत पाए । उनको विपक्षमा १२४ मत परेको छ । त्यस्तै मत दिन्न भन्ने वा तटस्थमा १५ मत परेको छ । संसदमा जम्मा २३२ सांसद उपस्थित थिए ।
प्रतिपक्षमा रहेका कांग्रेस, माओवादी केन्द्र जसपालगायतले ओलीलाई विश्वासको मत दिएनन । एमालेकै माधव नेपाल पक्षका सांसदहरू पनि संसदमा अनुपस्थित भए ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कामय छ । । यो अंकगणित अनुसार सरकारका लागि १ सय ३६ सांसदको समर्थन चाहिन्छ । अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ ( २ निलम्बित ) छन । तीनजना स्वतन्त्र हैसियतमा छन ।
प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएको जानकारी सभामुख अग्नी सापकोटाले अव राष्ट्रपति विद्या भण्डारीलाई दिनेछन । संसद्बाट विश्वासको मत नपाएपछि ओलीले अब राजीनामा दिनुपर्नेछ । उनलाई काम चलाउ प्रधानमन्त्री तोकेर राष्ट्रपतिले संसदभित्रबाटै बहुमतको सरकार बनाउन दलहरूलाई आव्हान गर्नेछिन । कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी मिलेर वैकल्पिक सरकार गृहकार्यमा लागेका छन । बहुमतको आधारसहित उनीहरूले राष्ट्रपतिकहाँ जाने तयारी गरेका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here