- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसाहित्यसक्सेसमा तहगत प्रतियोगिता

सक्सेसमा तहगत प्रतियोगिता

- Advertisement -spot_img

तुलसीपुर, २७ वैशाख ।
कोरोना कहरका कारण विद्यालयहरु बन्द भए पनि बालिबालिकाहरुलाई पठाइलाई क्रियाशील बनाउन विद्यालयहरुले विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएका छन । पढाइको साथ सार्थ अतिरिक्त क्रियाकलापहरु पनि सञ्चालन हुदै आएका छन । घरमै बसेर प्रविधिको प्रयोग गरेर हुने गतिविधिहरुले विद्यार्थी मात्रै हैन शिक्षकहरुलाई समेत क्रियटिभ बनाई रहेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.९ बेलुवामा रहेको सप्तरंगी अग्रेजी स्कुल (सक्सेस एकाडेमी) मा अन्तर विद्यालय स्तरीय अनलाइन प्रतियोगिता गरिएको छ । लकडाउनको समयमा घरमै रहेका विद्यार्थीहरुलाई रचनात्मक कार्यमा संलग्न गराउने उद्देश्यले प्रतियोगिता गरिएको बिद्यालयका प्रिन्सिपल छबिकुमार वलीले जानकारी दिए ।
तहगत रूपमा आयोजना गरिएको प्रतियोगितामा माबि तहको निबन्ध लेखन प्रतियोगितामा प्रथम सलिना रेग्मी, द्वितीय कृष्ण भण्डारी र तृतीय लक्ष्मण बिक भएका छन ।
माबि तहकै विषयगत चित्रकला प्रतियोगितामा प्रथम मनोज लामिछाने, द्वितीय सुस्मिता राजगुरु र तृतीय सुष्मा न्यौपाने भएकी छिन । निमाबि तहतर्फको विषयगत चित्रकला प्रतियोगितामा प्रथम बिनोद केसी, द्वितीय रक्षा गिरी र तृतीय मेनुका डाँगी भएकी छिन । कविता लेखन प्रतियोगितामा प्रथम विनोद केसी, द्वितीय रोशन खडका, र तृतीय रक्षा गिरी भएको कार्यक्रम संयोजक गोपाल गिरीले जानकारी दिए ।
यसैगरी प्राथमिक तह अन्तर्गत आयोजना गरिएको खुल्ला चित्रकला प्रतियोगितामा प्रथम रेनुका कंडेल, द्वितीय रमन खड्का र तृतीय सुकृति वली भएका छन । त्यस्तै पुर्ब–प्राथमिक तह अन्तर्गतको खुल्ला चित्रकला प्रतियोगितामा प्रथम सामुयल कार्की, द्वितीय बालकृष्ण चन्द र तृतीय नम्रता रावल रहेकी छिन । ¥याइम्स प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय क्रमश रोजिना वली, बालकृष्ण चन्द र सभ्यता भट्टराई भएका छन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here