- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsदाङमा थप तीन जना संक्रमितको मृत्यु

दाङमा थप तीन जना संक्रमितको मृत्यु

- Advertisement -spot_img

दाङ, २६ बैशाख  .
दाङका थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट तुलसीपुर, घोराही र दंगिशरणका एक / एक जनाको मृत्यु भएको छ ।
बेलझुण्डी अस्पतालमा उपचारारत दंगिशरण गाउँपालिका–६ का ५३ वर्षिय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । त्यसैगरी संक्रमणबाट तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ५८ वर्षिय एक महिला र घोराही उपमहानगरपालिका वडा नम्बर १४ का ५९ वर्षिय एक पुरुषको मृत्यु भएको हो ।
निधन भएका तीनै जनालाई निमोनिसंगै कोरोना संक्रमण रहेको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिनुभयो । दंगिशरण र तुलसीपुरका संक्रमितको १०÷१० मिनेटको फरकमा मृत्यु भएको हो । दंगिशरणका संक्रमितको दिउँसो ४ बजेर ४० मिनेट र तुलसीपुरका संक्रमितको ४ बजेर ५० मिनेटमा मृत्यु भएको छ । घोराहीका संक्रमितको बेलुका ५ बजेर १० मिनेटमा मृत्यु भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here