- Advertisement -spot_img
Thursday, June 17, 2021
Homebreaking-newsधारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

- Advertisement -spot_img

टेकबहादुर पुन
दाङ, २६ बैशाख ।
गढवामा धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आईतबार बिहान १० बजे गढवा गाउँपालिका वडा नम्बर २ महादेवा निवासी ३८ बर्षिय धनिराम चौधरीले घरेलु हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका हुन् ।

हतियारबाट घाँटीमा गहिरो चोट लागेर श्रीमती शिला चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।
उनीहरु दुबैजना बिहानसँगै मकै छरेर फर्किएका थिए । खाना खाने भनेर भात पस्किदै गर्दा श्रीमानले एक्कासी पछाडीबाट हतियार प्रहार गरेको बुझिएको छ । छोराले यस्तो हर्कत गर्ला भनेर सोच्नै नसकेको उनकी आमा रामबेलासी चौधरीले गुनासो गरिन् ।

बाबा आमा आपसमा अहिलेसम्म झगडा गरेको थाहा नपाएको छोरा अञ्जितले बताए । धनिरामले बिगत केही बर्ष पहिलेदेखि डिप्रेशनको औषधी प्रयोग गरिरहन्थे । पछिल्लो समय लकडाउनका कारण औषधी थप गर्न पाएका थिएनन् ।
औषधी लकडाउन अगावै सकिएको छोरा अञ्जितले बताए । उनको बाबा आमा श्रीमती र २ छोराछोरी गरी ६ जनाको परिवार थियो ।

हतियार प्रहार गर्ने धनिरामलाई पक्राउ गरी अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here