- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homebreaking-news२४ घण्टामा कोरोना संक्रमित चारको मृत्यु

२४ घण्टामा कोरोना संक्रमित चारको मृत्यु

- Advertisement -spot_img

गोपाल शर्मा
दाङ ।
दाङको बेलझुण्डीमा रहेको राप्ती प्रादेशिक कोरोना बिशेष अस्पतालमा गएको २४ घण्टामा चार जना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि विभिन्न समयमा अस्पतालमा ल्याइ उपचाररत चार जना संक्रमितको मृत्यु भएको हो । अस्पतालका व्यबस्थापक दोर्ण बहादुर ओलीका अनुसार घोराहीका २ जना बबई गाउँपालिकाका १ वजा र तुलसीपुरका एक जनाको उपचारको क्रममा निधन भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १२ निवासी ७५ बर्षिय पुरुषको शनिवार साँझ ७ बजेतिर मृत्यु भएको हो । उनी वैशाख २५ गते अस्प्तालमा एचडियुमा उपचाररत थिए । उनमा कोरोना संक्रमण संगै निमोनिया र श्वासप्रश्वास सम्बन्धि समस्या देखिएको थियो । त्यस्तै घोराही १८ निवासी ५५ बर्षिय बर्षिय पुरुषको शनिवार साँझ ७ बजेतिर निधन भएको हो । उनी बैशाख २२ गतेदेखि आईसियुमा उपचाररत थिए । उनमा पनि निमोनिया र श्वासप्रश्वासमा समस्या थियो ।
तुलसीपुर उपमहामनगरपालिका वडा नं.५ निवासी ६७ वर्षिय पुरुषको शनिवार विहान साढे १ बजेतिर निधन भएको हो । वैशाख २० गतेदेखि एचडियुमा उपचाररत उनमा निमोनिया पनि संक्रमण थियो ।
त्यसै गरेर बबई गाउँपालिकाका वडा नं ४ की २७ वर्षिय महिनाको आइतवार विहान साढे १२ बजे मृत्यु भएको छ । पछिल्लो समय जिल्लामा मत्युहुनेको सख्या दैनिक बढ्दै गएको छ । अहिले सम्ममा दाङमा ९८ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here