- Advertisement -spot_img
Friday, June 18, 2021
Homebreaking-newsसांसदबाट राजीनामा देलान त नेपाल समुहले ?

सांसदबाट राजीनामा देलान त नेपाल समुहले ?

- Advertisement -spot_img

काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरुले सांसद पदबाट राजीनामा दिने तयारी गरेका छन । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग मिलेर जाने अवस्था नरहेको निश्कर्ष निकाल्दै राजीनामा दिन तयारी गरेका छन । ओली पक्ष र नेपाल पक्षबीच शनिबार अपरान्हसम्म भएका सबै चरणमा वार्ताहरू असफल भएका थिए ।
माधव पक्षको शनिबार बेलुका बसेको अनौपचारिक बैठकले यस्तो निश्कर्ष निकाल्दै राजीनामाको तयारी भएको हो। त्यसबारे औपचारिक निर्णय गर्न आइतबार अपरान्ह माधव पक्षको स्थायी समितिको बैठक बस्दै छ । एमालेमा माधव पक्षका प्रत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन । उनीहरूले आफ्नो राजीनामा पत्रमा हस्ताक्षर गरेर बुझाइसकेको बुझिएको छ ।
वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजिनामा दिने लागेका हुन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते विशेष अधिवेशन बोलाएका छन ।
नेपालले प्रत्यक्षतिर २२ सांसदहरूले राजीनामा बुझाएपछि संसदको संख्या घट्ने र वैकल्पिक सरकार बनाउन सहज हुने आँकलन गरिएको छ । नेपालले प्रत्यक्षतर्फ नै आफूसँग २५ सांसदहरू रहेको दावी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here