प्रदेश टुडे
दाङ ।
प्रजातान्तिक उद्योगि ब्यवसायि सघको खाली सिलिन्डर भर्ने र आवश्यक परेका क्षेत्रमा पु¥याउने अभियान अन्तरगत शनिवार पनि निरन्तरता दिइएको छ ।
कोरोना संक्रमणमा परेको र पहुच नहुदा केहि दिनदेखि अक्सिजन पाउन नसकेका तुलसीपुर उपमहानगरपालिका १० पड्डका स्थानीय सरकारको पहुँचमा नरहेका विपन्न, अपाङ बिरामीलाई अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ ।
उनी सहित अन्य दुई बिरामिलाई अक्सिजनको अतिआवश्यक भएका कारण सङका अध्यक्ष जनक प्रसाद खरालले आफनै सवारी साधन प्रयोग गरि घरसम्म अक्सिजन पु¥याएका हुन । यस्तो महामारिमा मानव सेवालाई प्राथमिकतामा राखि अभियान सञ्चालन गरिएको र यो अभियान पहुच विहिन नागरिक केन्द्रत रहेको सघका महासचिव झलक केसीले बताए ।
सङका सदस्य मेघराज न्यौपाने सहित गएको टोलीले नेपाली काग्रेसका तुलसीपुर उपमहानगरपालिकाका वडा सभपतिसमेतको रोहवरमा विरामीको घरमै पुगेर हस्तान्तरण गरिएको हो । सोही अबसरमा सघका निवर्तमान सहकोषाध्यक्ष्य शिव श्रेस्ठको स्वास्थ अबस्थाबारे जानकारी लिई अक्सिजन सिलिन्डरको समेत ब्यवस्था गरिएको छ ।