- Advertisement -spot_img
Friday, June 18, 2021
Homeसाहित्यआमालाई चिट्ठी ...कोरोना कहर

आमालाई चिट्ठी …कोरोना कहर

- Advertisement -spot_img

प्यारी आमा ! अर्थहिन हुनेछन् आमा खबर हित भए पनि
षड्यन्त्र झै लाग्ने छ सुन्दा केही समाचार पनि
दोहोरी आएको छ रे कोभिड-१९ दोस्रो चरण
पहिले भन्दा अझ सङ्क्रमित भै अनियन्त्रित अनि ।

बा को ख्याल राख्नु आमा ननिस्कनु तिमी पनि
युवा र अधबैंसेलाई नै टिप्दै छ रे! चराको आहारा सरी
खानु त्यही बरू साग र सिस्नु मिठो मसिनो जे भयपनि
बिदेशीको खबर आए नआत्तिनु सही सलामत्त छु म पनि ।।

भुलभुलैया छ रे यसको ओखती थाहा छैन् कहिलेसम्म
नेपालको खबर सुन्छु झर्छ आशुँ आफै बररर तनी
अक्सिजन कै खोजि छ रे! बिडम्बना यस्तै छ आमा
अस्पतालका शैया सबै भरीभराऊ छैन्न कतै यत्रतत्र पनि ।

सक्षम र सबललाई त समयले प्रश्नवाचक चिन्ह लगाएको छ
धनको घमन्डलाई पनि नराम्रोसित खोक्रो निचोड दिएको छ
झ्यालखाना झै लाग्दै छ न छुन मिल्छ कस्तो भाइरस अनि
मानसपटल नै छेदविछेद बनाउने कसरी सम्झ्नु भाइरस पनि ।

समिप आचार्य ‘यात्री’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here