- Advertisement -spot_img
Sunday, June 13, 2021
Homebreaking-newsआफै गाडी चलाएर ठाउँठाउँमा अक्सिजन पुर्‍याउँदै ब्यवसायी खराल

आफै गाडी चलाएर ठाउँठाउँमा अक्सिजन पुर्‍याउँदै ब्यवसायी खराल

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, २४ बैशाख ।
कोरोना संक्रमितहरु अक्सिजनको अभावले समस्यामा परिरहेका छन । अस्पतालका बेडमा भरी सिलिन्डर पनि छैन । अक्सिजनको अभाव र विरामीको उपचारमा सहजता ल्याउन धेरै व्यक्ति ,संघ संस्थाहरुले आफनो तर्फबाट सक्दो सहयोग र भूमिका निर्वाह गरिरहेका छन ।
संकटको वेलाको यो कार्य महत्वपूण पनि छ । यहि अवस्थालाई मध्यनजर गरेर तुलसीपुरका प्रतिष्ठित व्यवसायी प्राजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरमा अध्यक्ष, समाजसेवी जनक प्रसाद खरालले आफै गाडी चलाएर पहिलो चरणमा अक्सिजन अभाव भएका ठाउँहरुमा अक्सिजन पु¥याउन थालेका छन । निशुल्क रुपमा स्थानीय सरकार, अस्पतालहरुलाई अक्सिजन दिन थालिएको हो ।


अस्पतालहरुका समेत अक्सिजन नहुदा उपचारमा समस्या भइरहेको अबस्था देखेर प्रजातान्त्रीक उद्योग व्यवसायी संघमार्फत अध्यक्ष खरालको अगुवाईमा यो काम सुरु गरिएको महासचिव झलक केसीले बताए ।

कम्तिमा पनि एक सय पचास सिलिन्डर अक्सिजन भरेर उपलब्ध गराउने योजना अनुसार शुक्रवारदेखि काम थालिएको अध्यक्ष जनक प्रसाद खरालले जानकारी दिए ।

शुक्रवार प्राजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरमा अध्यक्ष, प्रतिष्ठत व्यवसायी, समाजसेवी खरालले आफै गाडी चलाइएर अक्सिजन अभाव हुदै आएका स्थानमा पुगेर अक्सिजन पु¥याएका छन । बुटवलबाट अक्सिजन (प्राण वायु) सिलिन्डर भर्ने व्यवस्थापन गरेर तुलसीपुरमा उपमहानरपालिका र तुलसीपुरमा निजी क्षेत्रबाट सञ्चालन भएर कोरोना संक्रमितको उपचार थलो भएको हितायु पोलिक्लिनिकलाई अक्सिजन सहयोग गरिएको छ । ‘अहिले अक्सिजनको बढी आबश्यक अस्पताल र होम आइसोलेसनमा देखिएको यो अभावलाई थोरै भए पनि सहजहोस् भनेर हामीले पनि सहयोग गरेका छौ,’ अध्यक्ष खरालले भने, ‘योसंगै फ्रण्टलाईमा काम गर्ने स्वास्थ्यकर्मी, प्रहरी, सञ्चारकर्मीलाई स्थास्थ्य सुरक्षा सामग्रीसहयोग गर्दैछौ ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here