कोरोना अस्पतालमा आठ घन्टामा चार जनाको मृत्यु 

0
161

प्रदेश टुडे  । दाङ ।                                                   दाङको कोरोना विशेष अस्पताल बेलझुन्डीमा एकैदिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।                    बुधबार राति सम्म आठ घन्टाको अबधिमा चार जनाको मृत्यु  भएको हो । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका ९ का ६५ वर्षीय पुरुष, घोराही १५ का ६५ वर्षीय पुरुष, घोराही १८ की ४५ वर्षीया महिला र बबई गाउँपालिका ४ का ४० वर्षीय पुरुष रहेको अस्पतालका ब्यबस्थापक दोर्ण ओलीले जानकारी दिए । चारै जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बिरामी भर्न गर्न दबाब नदिनुहोस : ओली

कोरोना विशेष अस्पताल १ सय शय्याको अस्पताल भए पनि अक्सिजन अभावमा ५७ जना मात्रै बिरामी राखिएको छ । थप बिरामी राखिदिन निरन्तर दबाब आए पनि अक्सिजन अभावका कारण राख्न नसकिएको अबस्था रहे भन्दै ब्यबस्थापक ओलीले अनावश्यक दबाब नदिन आग्रह गरेका छन ।

अक्सिजन अभावमा बिरामी राख्नु भनेको जानाजान बिरामीको ज्यान जोखिममा पार्नु भएकाले यसमा अनावश्यक दबाब सिर्जना नगर्नुहुन मेरो आग्रह छ, उनले भने तत्काल व्यवस्था गरिदिन उनले मन्त्री, सांसद्, स्थानीय सरकार, नेता, समाजसेवीलगायतलाई सार्वजनिक रुपमै आह्वान गर्दछु । अक्सिजन भए सय बेड नै चलाउन समस्या छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here