- Advertisement -spot_img
Friday, June 18, 2021
HomeUncategorizedमृत बालक प्रकरण: सत्यतथ्य छानविनको माग

मृत बालक प्रकरण: सत्यतथ्य छानविनको माग

- Advertisement -spot_img

दाङ,२२वैशाख ।
अधिकारकर्मीहरुले तुलसीपुरमा कारभित्र एक साथ मृत फेला परेका बालकहरुको सत्यतथ्य छानविन गर्न माग गरेका छन । सचारमाध्यमहरुमा आएका भ्रामक सूचना प्रति समिति उनीहरुले ध्यानाकर्षण भएको जनाएका छ ।
बालकहरु हराएको उजुरी समयमा नै हुदाहुदै पनि कारमा बालकहरुको शव गन्हाएको अवस्थामा भेटिनु अत्यन्तै दुःखद र निन्दनीय घटना हो । जारी विज्ञप्तीमा भनिएको छ, घट्ना संकाष्पद देखिएकोले यस घट्नाको सुक्ष्म तथा निष्पक्षरुपमा अनुसन्धान गरी दोषीउपर कानूनबमोजिम हदैसम्मको कारबाही गरी कानूनको शासन र न्यायको प्रत्याभुति दिलाउन सरकारसँग जोडदार माग गर्दछौं ।
यस सम्बन्धमा संघ, प्रदेश र सम्वन्धित स्थानीय सरकार लगायत सम्वन्धित प्रहरी कार्यालय तथा राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय दलित आयोग र राष्ट्रिय बाल अधिकार परिषद्को समेत ध्यानाकर्षण गराउँदछौं ।
पीडित परिवारलाई कानून बमोजिम क्षतिपूर्तिसहित, सुरक्षाको प्रवन्ध मिलाउनुका साथै आगामी दिनमा यस प्रकारको घटना घट्न नदिनका लागि आवश्यक प्रबन्ध मिलाउनका लागि समेत जोडदार माग गर्दछौं बिज्ञप्तिमा भनिएको छ । विज्ञप्तीमा जुरी नेपालका कार्यकारी निर्देशक, अधिवक्ता मोहनलाल आचार्य, नेशनल दलित लयर्स फोरमका सचिव अधिवक्ता भोजमान लाम्गादे, दलित अधिकार तथा सञ्चार अभियान नेपाल, दाङ अध्यक्ष निर्मल नेपाली, शान्ति चौधरी, अध्यक्ष, मुक्त कमलरी विकास मञ्च, दाङ
भागीराम चौधरी, कार्यकारी निर्देशक, समाजमा वातावरणीय शिक्षाको विकास सिड, दाङ, कृष्ण चौधरी, अध्यक्ष, सोसाइटी फर एक्सन, नेपाल स्वान, दाङ रहेका छन ।       

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here