- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसमाजजन्मदिनमा अक्सिजन सिलिण्डर सहयोग

जन्मदिनमा अक्सिजन सिलिण्डर सहयोग

- Advertisement -spot_img

तुलसीपुर,२२ वैशाख । तुलसीपुरका एक युवा व्यवसायीले जन्मदिनको अवसरमा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । बढ्दो कोरोना महामारीलाई ध्यानमा राख्दै यसक्षेत्रका युवा व्यवसायी यज्ञ बहादुर केसीले बुधबार अक्सिजन सिलिण्डर र नगद रुपैयाँ सहयोग गरी आफ्नो जन्मदिन मनाएका हुन् ।

जिल्लामा कोभिडका बिरामी,जेष्ठ नागरिक र ईमर्जेन्सि बिरामिहरुका लागि अक्सिजन अभाव नहोस भन्ने उद्देश्यले फजुल खर्च नगरी सिलिण्डर उपलव्ध गराएको बताए ।

कोरोना विशेष अस्पताल बेल्झुण्डीमा अक्सिजनको चरम अभाब भइरहेको भन्दै केसीले ५० केजिका २२ थान सिलिण्डर सहयोग गरेका छन् । उनले उक्त सिलिण्डरहरु तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् । कोरोना रोकथाम र संक्रमितको उपचारका लागि आफ्ले सक्ने सहयोग गर्न तयार रहेको उल्लेख गरे ।

‘अक्सिजन अभाबका कारण जिल्लामा कुनैपनि बिरामीले ज्यान गुमाउन नपरोस्,उनले भने–‘आवश्यक सहयोग के–के गर्नुपर्छ म तयार छु ।’
यसैगरी उनले वैशाख १८ गते तुलसीपुर स्थित स्याउलीबजार नजिकै कारभित्र मृत्त अवस्थामा फेला परेका बालकहरुको परिवारलाई राहत स्वरुप पाँच हजार नगद सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here