Friday, January 24, 2025
Homeडा.बर्मा: जसले आफू संक्रमित हुँदापनि बिरामीको उपचारमा निरन्तर खटिरहे

डा.बर्मा: जसले आफू संक्रमित हुँदापनि बिरामीको उपचारमा निरन्तर खटिरहे

- Advertisement -spot_img

नेपालगन्ज । पिपिई सेटसहित कुर्सिमा बसेर आफ्नै हातमा सुई लगाएर काम गर्दै गरेको तस्बिर यतिबेला सामाजिक संजालमा निकै भाइरल भएको छ ।
बायाँ हातमा क्यानुला जडान गरेर स्ट्यान्डमा झुन्डिएको स्लाईन पानी बोत्तल मार्फत शरीरमा राख्दै गरेको त्यो तस्बिरले सबैको ध्यान केन्द्रित गरेको छ ।

पीपीई सेटसहित कुर्सीमा बसेर आफ्नै हातमा ‘इन्जेक्सन’ दिएर काम गरिरहेका एक चिकित्सकको तस्बिर सार्वजनिक भएको उक्त तस्बिर कोरोना महामारीमा आफ्नै स्वास्थ्य जोखिममा पर्दा समेत सेवामा तल्लिन ती चिकित्सक हो ।
उनी नेपालगन्ज मेडिकल कलेजका मेडिकल अफिसर डा. पुरुषोत्तम बर्मा हुन् । उनी मेडिकल कलेजको कोरोना वार्डमा कार्यरत छन् ।

टेबुलमा बिरामीको रेकर्ड फाइल हेर्दै गरेका उनको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाइरहेको अवस्था उनले भने त्यो तस्बिर चर्चा कमाउनका लागि नखिचिएको बताएका छ्न ।

संगै काम गर्ने अन्य चिकित्सकममा पनि संक्रमण देखिए पछी आफ्नो जिम्मेवारी थपिएको भन्दै स्लाईन पानी चढाउदै काम गरेको बताए ।

उनी भन्छन्, “२४ सै घण्टा पनि ड्युटी गर्दै आएका छौँ । एक चिकित्सक भइसकेपछि बिरामी देख्दा–देख्दै आराम गर्न मन लाग्दैन । यो महामारीविरुद्धको लडाईं हामीले जसरी पनि जित्नैपर्छ ।”

कोरोना संक्रमितको उपचारमा खटिएकै बेला उनको स्वास्थ्यमा समस्या आयो । पेट दुख्ने, झाडापखला लाग्ने समस्या भएपछि शरीर निकै गल्योे ।

अस्पतालमा उपचारको पर्खाइमा रहेका कोरोना संक्रमितलाई छाडेर आराम गर्न मनले नमानेपछी आफ्नो उपचार संगै अरुको पनि उपचार गरेको उनले बताए ।

मलाई पनि कोरोनासँग मिल्दो–जुल्दो पूरै लक्षण देखियो । आफ्नोभन्दा अरुको जीवन बचाउँदा आनन्द ठूलो हुन्छ । त्यसैले केही खप्न नसकेपछि मैले आफैँ सिस्टरलाई इन्जेक्सन लगाउन भनेको हुँ ।”

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here