Sunday, March 24, 2024
Homeमुख्य खबरआइतबार दुईहजार बढीमा कोरोना निको

आइतबार दुईहजार बढीमा कोरोना निको

- Advertisement -spot_img

दाङ,२० वैशाख । नेपालमा आइतबार दुइहजार बढी संक्रमित कोरोना निको भएर घर फर्किएका छन् ।

स्वास्थ मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ हजार २१जनामा कोरोमा संक्रमण निको भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप सात हजार चारसय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार छसय ५८जनाको पीसीआर परीक्षणमा सात हजार तिनसय ८८ जना र पाँचसय १८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार चारसय ४८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको कुल संख्या तीनलाख ४३ हजार चारसय १८ पुगेको छ।
जसमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन् ।

सक्रिय संक्रमितमध्ये ५० हजार एकसय ७२ जना होम आइसोलेसनमा र तीन हजार आठसय ६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । उपचाररत संक्रमितमध्ये ५७८ जना आईसीयूमा र एकसय ४२ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार तिनसय ६२ पुगेको छ ।

 

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here