- Advertisement -spot_img
Friday, May 7, 2021
Homeमुख्य खबरकोरोना अस्पतालमा अक्सिजन अभाव:बेडमा बिरामि छट्पटीन्छ्न

कोरोना अस्पतालमा अक्सिजन अभाव:बेडमा बिरामि छट्पटीन्छ्न

- Advertisement -spot_img

तुलसीपुर, २० बैशाख । कोरोना संक्रमितको संख्या बढ्दै जांदा दाङमा अक्सिजनको ब्यबस्थापन हुन सकेको छैन ।                                                                                                                            समयमै अक्सिजन ब्यबस्थापन नहुदा बिरामिहरु बेडमा छट्पटीनुपर्ने अवस्था सिर्जना भएको छ ।

दाङको कोरोना विशेष अस्पतालमा उपचाररत बिरामिहरुका लागि अहिले दैनिक एकहजार अक्सिजन सिलिन्डर आवश्यक पर्ने गरेको कोरोना विशेष अस्पतालका व्यस्थापक दोर्ण ओलिले बताए ।
अक्सिजनको उचित व्यवस्थापनका लागि जिल्लाका स्थानीय सरकार, प्रशासन लगायतका निकायहरु छलफल गरिएपनि पर्याप्तमात्रामा अक्सिजन सिलिन्डर ब्यवस्थापन हुन नसकेको उनी बताउँछन ।
कोरोना संक्रमित विरामीहरुका लागी जिल्लामा दैनिक एक हजार अक्सिजन आवश्यक पर्ने भएपनि चारसय सिलिन्डर अपुग हुनेगरेको उनले बताए ।

“अक्सिजन अभाव हुदा बिरामिहरु बेडमा छट्पटाउन बाध्य छन् , उनले भने-“कतिबेला के हुन्छ भन्न नसकिने अवस्था छ।”
आवश्यक पर्ने अक्सिजन सिलिण्डर व्यवस्थापनका लागी तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले प्रदेश र संघमा पहल गर्ने र प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जिल्लामा भएका सिमेन्ट उद्योग लगाएका उद्योग संग समन्वय गरी स्टक रहेका अक्सिजन सिलिण्डर संकलन गरी उपलब्ध गराउने निर्णय भएको छ । तर व्यवस्थापन हुन सकिरहेको छैन ।

यस्तैगरी जिल्लामा कोरोना संक्रमित गम्भिर विरामीलाई बेलझुण्डि अस्पतालमा लैजानका लागी सम्वन्धित पालिकाका कोरोना फोकल पर्सनले सिफारिस गर्नुपर्ने प्रावधान मिलाईएको छ ।
साथै पालिकाहरुले संचालन गरेका आइसोलेसन बेडहरु समेत अक्सिजनको अभावले गर्दा प्रयोगमा आउन सकेका छैनन् । कोरोना संक्रमितहरुको लागि तुलसीपुर उपमहानगरपालिकाले ५० बेडको आइसोलेसन बेड निर्माण गरेको छ ।                                                                                                                              तर अक्सिजन अभाव हुंदा उक्त आइसोलेसन बेड संचालन गर्न नसकिएको उपमहानगरपालिकाले बताएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here