- Advertisement -spot_img
Friday, May 7, 2021
Homebreaking-newsदाङमा मानव कंकाल फेला: सन्चारकर्मी वलिको हुन सक्ने आशंका

दाङमा मानव कंकाल फेला: सन्चारकर्मी वलिको हुन सक्ने आशंका

- Advertisement -spot_img

दाङ,२० वैशाख । दाङमा आइतबार मानव कंकाल  फेला परेको छ ।  उक्त कंंकाल गत माघ १५ गते देखि घोराहीबाट हराएका रेडियो स्वर्गद्वारी एफएममा कार्यरत सञ्चारकर्मी देवेन्द्र वलीको हुन सक्ने आशंका गरिएको छ ।                                                            जुत्ता र  लुगा सहित  उक्त मानब कंकाल फेला परेको छ ।

सोमबार घोराही उपमहानगरपालिका वडा नंम्वर १६ को बाँघखोर सामुदायिक वनमा उक्त कंकाल फेलापरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपि गणेश चन्दले बताए ।

कंकाल सहित भेटिएको पाईन्ट,घडी,जुत्ता ओलीकै भएको परिवारले बताएको छ ।

शव गलेको अवस्थामा भेटिएकाले कंकाल ओलीको हो या हैन भन्ने पहिचान खुलेको छैन ।
अहिले डिएनए पहिचानका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द रिजालले जानकारी दिए ।

राप्ती शिक्षा क्याम्पसमा अध्ययनरत वली गत १५ माघमा क्याम्पसबाट आफू बस्ने डेरामा फर्किएको र त्यहाँबाट निस्किएपछि उनि एकाएक सम्पर्क विहिन भएका थिए । घटनाबारे थप अनुसन्धान भईरहेको दाङ प्रहरीले जनाएको छ ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here