- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeसमाज२० वर्षपछि सडकपेटीबाट उद्धार

२० वर्षपछि सडकपेटीबाट उद्धार

- Advertisement -spot_img

तुलसीपुर,१९ वैशाख । करीव २० वर्ष सम्म सडकपेटीमा जिवन बिताइरहेकी एक बृद्ध महिलाको उद्धार गरिएको छ । आइतबार तुलसीपुर उपमहानगरपालिकाको महिला बालवालिका तथा सामाजिक विकाश शाखा, मानवसेवा आश्रम र प्रहरीको संयुक्त टोलीले उनलाई उद्धार गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका – ७ शिवनगरमा अलपत्र अवस्थामा भेटिएकी ७० वर्षीय बृद्ध महिलालाई उद्धारपछि आवश्यक उपचारका लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पालमा राखिएको छ ।

शारीरीक रुपमा अशक्त, मनोरोगी ,दम र रक्त अल्पता भएका कारणले उक्त बृद्ध महिलालाई उपचारका लागि अस्पतालमा राखिएको मानवसेवा आश्रम तुलसीपुरका संयोजक उर्वीन साप्कोटाले बताए । उनको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

स्थानीयका अनुसार उनी २० वर्षदेखि अरुको घरमा काम गर्ने गर्दथिन् । काम गरेर आएको रकमले खानेकुरा किनेर खाने र रातीमा सकडपेटीमा सुत्ने गर्दथिन् ।

रोग र उमेरका कारण काम गरेर खान नसक्ने अवस्था भएपछि बिरामी र भोकै अवस्थामा सडकपेटीमा पल्टिरहेको अवस्थामा उनलाई उद्धार गरिएको हो । महिला बालवालिका तथा सामाजिक विकाश शाखा प्रमुख माया श्रेष्ठ, मानवसेवा आश्रम संयोकजक उर्वीन साप्कोटा र प्रहरी नायव निरिक्षक मुक्ती पुनले उनको उद्धार गरेका हुन् ।

 

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

2 COMMENTS

  1. यति राम्रो लेखका लागि धेरै धेरै धन्यवाद🙏

  2. यति राम्रो लेखका लागि धेरै धेरै धन्यवाद🙏
    thank you so much

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here