- Advertisement -spot_img
Friday, June 18, 2021
Homeसमाजउच्च सर्तकता अपनाउन वाणिज्य संघ र प्रहरीको अनुरोध

उच्च सर्तकता अपनाउन वाणिज्य संघ र प्रहरीको अनुरोध

- Advertisement -spot_img

गढवा १९ बैशाख । कोभिड महामारीबाट उच्च सतर्कता अपनाउन गढवा उद्योग बाणिज्य संघ र इलाका प्रहरी कार्यालय गढवाले सबैमा अनुरोध गरेको छ ।

आइतबार गढवा बजारमा प्रहरी र संघको टोलीले बजार अनुगमन गरि अत्यावश्यक सामग्रीहरु उच्च सर्तकता अपनाएर मात्र सामाग्री बिक्रि वितरण गर्न ब्यवसायिहरुलाई आग्रह गरेको छ ।

कोभिड महामारीको समयमा सरकारले बन्दाबन्दी आव्हान गरेको बेला स्वास्थ्य सुरक्षा अपनाएर मात्र बिहान ७ देखि ८ बजेसम्म अति आवश्यकीय सामानहरुको खरिद–बिक्री गर्ने भन्दै गढवा बजारका पसलहरुमा सामाजिक दुरी कायम गरेर खरिद–बिक्री गर्न गोलघेरा लगाएको छ ।

खाद्याान्न,किराना,फलफूल तरकारी,मेडीकल,एग्रोभेट र दुधडेरी लगायतका पसलहरुमा गोलो घेरा लगाई सामाजिक दुरीका लागी आग्रह गरिएको र मास्क तथा सेनीटाइजरको प्रयोग गरि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन प्रहरी र संघले सबैमा आग्रह गरेको संघका अध्यक्ष खिमबहादुर बुढा मगरले बताए ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएमा त्यस्ता पसलहरु वा नागरिकहरुलाई सुझाव दिने र सुझाव पालना नगरे सोही अनुसार कारवाही गरिने बताइएको छ ।

सरकारले जारी गरेको निशेधाज्ञाको समयमा अति आवश्यक परेको बाहेक मोटरसाइकिल तथा अन्य सवारी साधन चलाउन नपाइने,जथाभावि हिड्डुल गर्न नपाइने र अत्यावश्यक परेर कतै जानुपर्ने भएमा कामको प्रकृतिबारे प्रहरीलाई जानकारी गराएर मात्र जानुपर्ने ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here