- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसमाजबनगाडमा आइसोलेसन केन्द्र सञ्चालन

बनगाडमा आइसोलेसन केन्द्र सञ्चालन

- Advertisement -spot_img

इन्द्र बुढाथोकी , १९ वैशाख । कोरोना संक्रमितहरुको उपचारका लागि सल्यानममा अक्सिजन सहितको आईसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाले कोरोना संक्रमितको अवस्थालाई ध्यानमा राख्दै अक्सिजन सहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो ।
प्रभाकर माबि देवस्थलमा ५ वटा अक्सिजन प्लान्ट सहितको १० बेड निर्माण गरिएको नगर स्वास्थ्य शाखा प्रमुख बासुदेव पोख्रेले बताए ।

नगरपालिकामा कोरोना संक्रमित बिरामीहरुलाई उपचार गर्ने बेडहरु नहुँदा नगरपालिकाले अक्सिजन खरिद गरेर आइसोलेशन बेड निर्माण गरेको उनले बताए । अवस्था हेरेर एकसय बेडसम्म बनाउने गरि तयारी गरिरहेको उनले जानकारी दिए ।

आवश्यकता अनुसार सामान नहुदा व्यवस्थापना समस्या आएपनि नागरिकको जीवन रक्षाको लागि २४ घण्टा आफूहरु थप व्यवस्थापनमा खटिने उनले बताए ।
तत्काल केहिदिनमा कीट आउने र नगरपालिका भित्रका १२ वटा वडाका समुदायमा गएर लक्षण देखिएकाहरुको कोरोना परिक्षण गर्ने उनले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here