- Advertisement -spot_img
Friday, May 7, 2021
Homeराजनीतिलुम्बिनीमा एमालेकै एकल बहुमतको सरकार

लुम्बिनीमा एमालेकै एकल बहुमतको सरकार

- Advertisement -spot_img

बुटवल,१९ वैशाख । लुम्बिनी प्रदेशमा नेकपा एमालेको एकल बहुमतको सरकार बन्ने भएको छ । दुई दलको बहुमतको आधारमा मुख्यमन्त्री बनेका शंकर पोखरेलले राजीनामा दिएपछि अब एकल बहुमतको सरकार गठनको बाटो खुलेको हो ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेको थियो । कांग्रेस र जसपाको साथमा पेश भएको अविश्वासको प्रस्तावमाथि आजदेखि छलफल गर्ने कार्यसूचि थियो । मुख्यमन्त्री पोखरेलले त्यसअगावै राजीनामा दिएका हुन् ।

अब संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुनेछ । माओवादी केन्द्र र जसपाका गरी ६ जना सांसदको पद रिक्त भएपछि एमालेलाई एकल सरकार बनाउन सहज भएको हो ।

८७ सदस्यीय प्रदेशसभामा अहिले ८१ सांसद छन् । एमाले एक्लैसंग ४१ सांसद छन् । कांग्रेसको १९, माओवादीको १७, जसपाको २ र जनमोर्चाका १ जना सांसद गर्दा जम्मा ३९ सदस्य हुन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here