दाङ,१९ वैशाख । कारभित्र तीन बालकको शव भेटिएको घटनाको प्रहरीको बिशेष टोलीले अनुसन्धान थालेको छ ।
नेपालगञ्जबाट आएको कुकुर सहितको प्रहरीको बिशेष टोलीले घटनाको अनुसन्धान सुरु गरेको दाङका एसपी गणेश चन्दले जानकारी दिए ।
विशेष टोली आइसके पछि शवको पोष्टमार्टम गर्न राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । ‘घटनाको सबै पक्षको अनुसन्धान पछी विस्तृत कुराहरु बाहिर ल्याउने प्रहरीले बताएको छ ।
तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक भारतीय नम्बर प्लेटको कारमा शनिबार बेलुका तीन वटा शव फेला परेको थियो ।
पार्किङ्ग गरिएको भारतीय नम्बर प्लेट जे ०१सिसि ०८८५ नम्बरको निशानको कार भित्र शव भेटिएको हो । आफन्तका अनुसार ती बालकहरु बैशाख १६ गते हराईरहेका थिए ।