दाङ ,१९वैशाख ।
दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको कार भित्र मृत अवस्थामा फेला परेका तीन जना बालकको पहिचान खुलेको छ ।
उनीहरू तुलसीपुर उपमहानगरपालिका ६ बरुवागाउँका रहेको खुल्न आएको प्रहरीले बताएको छ ।
मृतक मध्य दूई जना सहोदर दाजु भाइका छोराहरु हुन ।
बरुवागाउँ निवासी किरण परियारका छोरा ६ बर्षीय करण परियार, सोही ठाउँकै सञ्तोष परियारका छोरा ७ बर्षीय सुवास भनिने सुवर्ण परियार र सोही ठाउँकै भिमबहादुर परियारको छोरा ९ बर्षीय सन्दिप परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए ।
शब पोष्ट मार्टमको लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ ।