दाङ ,१८ वैशाख ।
कोरोनाका कारण दाङका थप दुई जनाको मृत्यु भएको छ । २४ घण्टाको अबधिमा दगीशरण गाउँ पालिका र तुल्सीपुर उपमहानगरपालिकाका एक/एक जनाको मृत्यु भएकोे हो ।
दंगीशरण गाँउपालिका वडा नं १ का ६० बर्षीय पुरुषको कोरोनाको कारण शनिवार बिहान ४ बजे नेपलागञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का ४५ बर्षीय पुरुषको शुक्रवार बेलुका ५ बजेतिर नेपलागञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज बहादुर वलीले जानकारी दिए ।