श्रीराम दहित , १८ वैशाख । चिन्ता यस्तो रोग हो ,जसले हाम्रो विचार शक्तिलाई सधैं नकारात्मक प्रभाव पारी रहन्छ ।
हामी आन्तरिक रूपमा शक्तिहिन भइ बाँच्न बाध्य हुन्छौं ।चिन्ताको स्वरुप नकारात्मक हुने हुँदा चिन्ता गर्ने व्यक्ति सधैं अस्वस्थ दुर्वल तथा असफल रहन्छ ।
दुर्वल शक्तिहिन हुँदा जुनसुकै कार्यमा अभिरुचि हुँदैन कर्म बिना फल पनि चाहे अनुसारको प्राप्ति नहुने हुँदा उसमा थप असफल हात लागि रहन्छ ।चिन्ता अधिक गर्दा भोक,तिर्खा ,निद्रा, रोमाञ्च ,आफू प्रतिको माया ,दायित्व ,कर्तव्य लगायत जीवनशैली प्रभावित हुन्छ र अन्तमा मानसिक तथा शारीरिक रूपमा जिर्ण भइ चिताको विकल्प रहदैन।
संकट तथा सहज असहज परिस्थितिमा हतोत्साहित नभई अगाडि बढ्नुको साटो चिन्ता गरि यथास्थितिमा बस्दा प्रगतिका सबै मार्ग प्रायः बन्द हुन्छन् ।चिन्ताले मानव जीवनमा भय ,आशंका ,त्रास तथा नकारात्मक कल्पना आउने यी सबै प्रगतिका बाधक तत्व हुन् ।
चिन्ता मुक्त कसरी हुने ?चिन्ताले जिर्ण विचार तथा शरीर
भएको हुँदा खराब असल व्यक्ति छुट्याउन गाह्रो हुन्छ चिन्तित व्यक्ति विवेक शुन्य हुँदा असल जीवनोपयोगी साहित्य अध्यन ,विद्वान् सज्जन हरुसंग सत्संग ,ध्यान,
योग,गायत्री महामन्त्रको जप,सात्विक भाव ,सात्विक आहार नित्य नियमित गर्न जरुरी हुन्छ ।
विद्वान् सिद्धान्तकार व्यक्ति हरुको भनाइ छ -” म सधैं आफ्ना मनमा आउने जुनसुकै असल खराब विचार ,आशंका तथा सहज असहज परिस्थितिमा सन्तुलन बनाउँदै परिस्थिति लाई सहर्ष स्विकार्दै जानेछु ,खुसीमा मात तथा दुखमा चिन्ता लिने छैन जसले महत्त्वपूर्ण मानव जीवन अल्पायुमा चितामा जान दिदैन भन्ने संकल्पित हुनेछु ,सदैव आनन्दको मार्ग मेरो लक्ष्य हुनेछ ।”मान्यतामा अगाडि बढ्नुपर्ने हुन्छ ।
मानव सभ्यता संगै उसले आध्यात्मिक तथा भौतिक प्रगति उन्नतिका खातिर निरन्तर तन,मन,
धन तथा विचार खर्चिदै आएको हुँदा ढुङ्गे युग बाट कम्प्युटर युग सम्म आउन सफलीभुत भएका छौँ । प्रायः व्यक्ति कुनै योजनाका बारेमा सोच्ने गर्दछन् उनीहरु कसरी सम्पन्न गर्ने सामाग्री जोहो कहाँबाट गर्ने केवल चिन्ता मात्र गर्दछन् विवेकशील भइ चिन्तन गर्दैनन् ।
जसको कारण हो हाम्रा पुर्वज ऋषिमहर्षी हरुले चिन्ता होइन। चिन्तन मनन् तथा सिद्धान्त अनुसारको जीवनशैली अपनाए।मनुष्य जीवनमा थरीथरीका भय ग्रस्त परिस्थितिको सिर्जना भइ रहन्छ ती परिस्थितिलाई
आफ्नो अनुकुल जसले ढाल्न सक्यो उसले मनुष्य जीवनलाई पुर्णता दियो तर मनुष्यमा सामान्य परिस्थिति
शब्दले प्रभावित गरि चिन्ता भुतले स्वमरन सम्मको यात्रा
तय गर्न बाध्य बनाउँछ।
प्रायः व्यक्ति कुनै योजनाका बारेमा सोच्ने गर्दछन् उनीहरु कसरी सम्पन्न गर्ने सामाग्री जोहो कहाँबाट गर्ने केवल चिन्ता मात्र गर्दछन् विवेकशील भइ चिन्तन गर्दैनन् ।
दिउँसो गर्नुपर्ने कर्म गर्न मन लाग्दैन रातभर निद्रा लाग्दैन प्रगति सफलताको प्राप्ति हुनुपर्नेमा दुर्गति असफलता हात पर्दछ ।
आजको भौतिक होडबाजीको परिस्थितिमा व्यक्तिले मानसिक सन्तुलन सम्बन्धि प्रशिक्षणका साथै जीवन र
जगतका बारेमा बुझ्न बुझाउन अत्यावश्यक रहेको छ।
व्यक्तिमा चिन्ता भय आउनुपर्ने कारण के के हुन् ?
आफ्नो कर्तव्य बिमुख हुनु ,पदिय दायित्वको बोध नहुनु ,
आचरणमा भ्रष्टता आउनु ,अहंकार अरुको कार्य प्रगति
मा सधैं बाधक हुनु ,नियम नियमितताको परिपालन नगर्नु ,ईर्ष्या मुक्त नहुनु ,सम्बन्धमा अमानवीयता प्रदर्सन गर्नु चिन्ताको बिजारोपन गर्दै चितामा जानु हो ।
लौगाक्षी स्मृतिमा भनिएको छ- ॐ स्वस्ति प्रजाभ्यः परिमालयन्तम् ,न्याय्येन मार्गेण महीं महीशाः।
गोब्राह्भणेभ्यः शुभमस्तु नित्यं,लोकाःसमस्ताःसुखिनो भवन्तु ।सर्वे भवन्तु सुखिनः ,सर्वे सन्तु निरामयाः।सर्वे भद्राणि पश्यन्तु ,मा कश्चीद् दु:खमाप्नुयात् ।श्रद्धां मेधां यशः प्रज्ञां,विद्यां पुष्टि श्रीयं बलम्।तेज आयुष्यमारोग्यंं,देहि मे हव्तवाहन ।
अर्थात -हाम्रो मनमा कसै प्रति द्वेष नआओस् ,अरु प्रति अशुभ चिन्तन नगरौं ।जो संग दुर्भावना भएको छ उनीहरु प्रति मंगल कामना गरौं ।द्वेष दुर्भावना कसैले नराखौं ।सबैको कल्याणमा
आफ्नो कल्याण हुन्छ ।परमार्थमा हाम्रो स्वार्थ जोडिएको हुनुपर्छ ।यहीँ मान्यताका आधारमा सर्वमङ्गल तथा लोककल्याणकारी विचार हामीमा सधैं आओस्।
प्रत्येक कठोर अवस्था आउनुमा हामी स्वयंमा मुख्य भुमिका रहन्छ ।यदि मनुष्यले दृढता पुर्वक परिस्थिति
लाई सकारात्मक चिन्तन र कर्मले जुनसुकै योजना सफलता पुर्वक सम्पन्न गर्दछ।चुनौतीपूर्ण परिस्थिति र संकटमा साहसका साथ अगाडि बढ्दै चिन्ता लाई
सकारात्मक चिन्तनमा परिणत गर्दै असममै चितामा जानबाट बचौं बचाऔं ।सर्वे भवन्तु सुखिन: