- Advertisement -spot_img
Friday, May 7, 2021
Homebreaking-newsबेड नहुंदा बरण्डामा राखेर उपचार

बेड नहुंदा बरण्डामा राखेर उपचार

- Advertisement -spot_img

दाङ, १७ वैशाख । कोरोना विशेष अस्पतालमा बिरामीको चाप बढेपछि अस्पताल बाहिर बरन्डामा उपचार भैरहेको छ । अस्पतालको बरण्डा कोलिया र भूइँमै राखेर उपचार गर्न थालिएको अस्पताल प्रशासनले जनाएको छ ।

कोरोना संक्रमितका विरामीलाई उपचार गर्ने गरी स्थापना भएको प्रदेश स्तरीय कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा क्षमता भन्दा बढी विरामा आएपछि उपचारका लागि बेड अभाव हुँदा चिसो भुइँमा राखेर उपचार गरिरहेको अस्पताल व्यवस्थापक दोर्ण बहादुर ओलीले बताए ।

ओलीका अनुसार अस्पतालको बराण्डामा अहिले ६ जना बिरामीहरुको उपचार भईरहेको छ । प्रदेशस्तरिय कोरोना अस्पताल ‘बेलझुण्डी कोरोना विशेष अस्पताल ‘हाउस फूल’ भए पनि उपचारको अर्को व्यवस्था भने जिल्लमा हुन सकेको छैन ।

यहि अस्पताललाई पनि पूर्णत सन्चालन हुन सकेको छैन ।

पटक पटक क्षमता बढाउने निर्णय भए पनि जनशक्ति को बेवस्थापन हुन नसक्दा नागरिकको उपचारमा देखिएको छ । अहिले अस्पतान 42 सैयामा चलिरहेको छ ।

अस्पताल कोरोना संक्रमित विरामीले भरिँदा अस्पातलमा बेड अभाव भएको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर ओलीले जानकारी दिए ।

२५ बेड बट सञ्चालन भएको अस्पतालमा आन्तरिक व्यवस्थापनबाट ४२ बेड सम्म पुर‍याएर सञ्चालन गरी विरामीको उपचार गरिरहेको भए पनि अस्पतालमा आउने विरामीको संस्था दिन प्रतिदिन बढ्दै गए पछि भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आएको ओलीले बताए ।

‘अस्पतालको ढोकामा आएर विरामी बसेपछि हामीले बेड छैन भनेर कसरी फर्काउनु’ उनले भने, यो समस्या पटक पटक माथिल्लो निकायलाई जानकारी गराउदा समेत सुनुवाइ भएको छैन ।

अहिलेको अबस्थामा अक्सिजन विना उपचार सम्भव छैन, भुइँमा राखेर उपचार गर्न पनि गाह्रो भएको छ व्यवस्थापक ओलीले भने

               कोरोना बिशेष अस्पतालमा बेड अभावमा बरण्डा मा उपचार गराउदै संक्रमितहरु । फोटो :गोपाल शर्मा

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here