२०७८/१/१७ गते शुक्रबार
बैशाख कृष्णपक्ष चतुर्थी तिथी
ज्येष्ठा नक्षत्र
नेपालमा सूर्योदय ५ः२८ सूर्यास्त ६ः३६
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
तपाईलाई आशा देखाउनेबाट धोका रहनेछ । बिगतको कार्यलाई निरन्तरता दिदा सफलता रहनेछ । परिश्रम बढी कम प्रतिफल रहनेछ ।
वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
तपाईको कार्यकुशलताले धेरैको मन तान्ने छ । विभिन्न सामग्री प्रयोग गर्ने समय रहेको छ । आयआर्जनमा सफलता रहनेछ । आफन्तको भेटघाट हुनेछ ।
मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
तपाईको प्रयासबाट कामहरू सहजै सम्पन्न हुनेछन् । कामको लागि भौतिक सामग्री जुट्ने देखिन्छ । प्रतिस्पर्धामा सफलता रहने समय छ ।
कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
तपाईको बोलीको भरमा धेरै काम बन्नेछ । नयाँ सामग्रीको प्रयोग बढ्नेछ । आयआर्जन ठिकै रहला । नयाँ जानकारी प्राप्त रहने समय देखिन्छ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
घर परिवार तथा माताबाट साथ र सहयोग रहनेछ । कृषि कार्यबाट सफलता प्राप्त गर्न सकिन्छ । बोल्दा विचार गरेर बोल्नु राम्रो होला ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
तपाईको व्यवसायमा सफलता रहनेछ । थालिएको कामको प्रतिफल प्राप्त रहनेछ । रोकिएका कार्यहरू बन्नेछन् । प्रतिस्पर्धीलाई पराजित गर्ने सकिन्छ ।
तुला (रा,री,रू,रे,रो,ता,ती,तु,ते)
सोचेको कामको फाईदा नै रहनेछ । बोलीको प्रभावले कार्यसफलता सहयोग मिल्नेछ । बौद्धिक एवं तार्किक क्षमतामा बृद्धि रहने समय देखिन्छ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
आत्मविश्वास लिदा कार्य सफलता रहनेछ । स्वादिष्ट भोजनको आनन्द लिन पाईनेछ । कामलाई समय अनुसार परिवर्तन गर्नुहोला ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
घर बाहिरको काममा सफलता रहनेछ । खर्चको मात्रामा बृद्धि रहनेछ । शरीरमा आलस्यता रहनेछ । आफन्त तथा छरछिमेकीमा समस्या रहला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
परिश्रम बढी कम प्रतिफल रहनेछ । ल्याउनुपर्ने रकम आउनेछ । क्षणिक कार्यबाट फाइदा रहनेछ । सोचेको काम समयमा नबन्ने देखिन्छ ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
सामाजिक कार्यमा मन जानेछ । आफ्नो कार्यबाट अरूलाई प्रभाव पारेर अगाडि बढ्न सकिन्छ । व्यापार, व्यवसायमा सफलता मिल्ने देखिन्छ ।
मीन (दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)
सामाजिक कार्यमा जिम्मेवारी थपिनेछ । नेतृत्व गरेर अगाडि बढ्ने समय रहेको छ । नाम, दाम र ईनाम कमाउने समय छ । कामको तारिफ होला ।
वास्तु ज्ञान
बेसारलाई शुभ र महत्वपूर्ण मानिन्छ । बेसारलाई दैनिक रूपमा घरको ढोकाको संघारमा छर्किने गरिन्छ । त्यसो गर्नाले किरा, किटाणु र नराम्रा आत्माहरू समेत घरभित्र पस्न सक्दैनन् भन्ने विश्वास गरिन्छ । बेसारको धुलोले पाचन शक्तिलाई बढाउने हुनाले तरकारी, दाल आदिमा प्रयोग गर्ने गरिन्छ । नुहाउनुभन्दा अगाडी बेसारको धुलोलाई नरिवलको तेलमा मिलाएर पूरा शरीरभरी लगाउनाले छालाका अनेकौ रोगहरू निर्मूल हुन्छन् ।