Thursday, February 13, 2025
Homebreaking-newsदाङमा लकडाउन

दाङमा लकडाउन

- Advertisement -spot_img

प्रदेश टुडे
दाङ, १७ बैशाख । दाङमा कोरोना संक्रमित र यसबाट हुने मृत्युदर बढ्दै जान थालेपछि आजदेखि नौ दिनका लागि पहिलो चरणको लकडाउन गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको गत मंगलबार बसेको बैठकले आजदेखि २५ गतेसम्म जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो ।

आज बिहान ६ बजेदेखि २५ गते बेलुका ६ बजेसम्मका लागि पहिलो चरणमा लकडाउन गर्ने निर्णय भएको हो । त्यसपछि अवस्था हेरेर थप निर्णय लिईने भएको छ । यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सञ्चालनमा रोक लगाईएको छ । खाद्यान्नका पसल भने दैनिक बिहान ७ बजेदेखि ८ बजेसम्म खुल्नेछ ।

आज बिहान ६ बजेबाट लकडाउन सुरू भएपनि ७ बजेबाट ८ बजेसम्म खाद्यान्नका पसल भने खुल्न पाउने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । अति आवश्यक बाहेकका सवारी साधनहरूलाई मात्रै सञ्चालन अनुमति रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here